पेट्रोलको भाउ लिटरमा चार रुपैयाँ बढ्यो

petrol

काठमाण्डौ :

सरकारले पेट्रोलको भाउ बढाएको छ । आजदेखि लागू हुने गरी पेट्रोलको भाउ लिटरमा चार रुपैयाँ बढेको नेपाल आयल निगमले जनाएको छ । डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ भने यथावत छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ ।

निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७२ रूपैयाँ ५० पैसा पुगेको छ ।

यस्तै दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७४ रूपैयाँ तथा तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा १७५ रूपैयाँ पर्नेछ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP