सुनको भाउमा रेकर्ड कायम, तोलाको १ लाख ३३ हजार रुपैयाँ।
काठमाण्डौ:
सुनको भाउ आज अहिलेसम्मकै उच्च भएको छ । आज एकैदिन तोलामा १ हजार ८ सय रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै सबैभन्दा धेरै तोलाको १ लाख ३३ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको १ लाख ३१ हजार २ सय रुपैयाँ थियो ।
यसअघि अस्ति सोमवार तोलाको १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेर रेकर्ड कायम भएको थियो । सुनको भाउको अस्तिको रेकर्ड आज तोडिएको हो । आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ६५ रुपैयाँले बढेर एक हजार ६ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्रीगरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण
१ हप्ता अगाडि
पाेखरा : गरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण निर्वाचित हुनुभएको छ । सोमबार बैंकको पोखरामा भएको १८ औं साधारणसभा…