सुनको भाउमा रेकर्ड कायम, तोलाको १ लाख ३३ हजार रुपैयाँ।
काठमाण्डौ:
सुनको भाउ आज अहिलेसम्मकै उच्च भएको छ । आज एकैदिन तोलामा १ हजार ८ सय रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै सबैभन्दा धेरै तोलाको १ लाख ३३ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको १ लाख ३१ हजार २ सय रुपैयाँ थियो ।
यसअघि अस्ति सोमवार तोलाको १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेर रेकर्ड कायम भएको थियो । सुनको भाउको अस्तिको रेकर्ड आज तोडिएको हो । आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ६५ रुपैयाँले बढेर एक हजार ६ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


