पर्वतमा श्रीमान-श्रीमती मृत फेला ।
पर्वत:
पर्वतको जलजला गाउँपालिका वडा नं. २ मल्लाजको दहमा एक दम्पत्तिको विभत्स हत्या भएपछि हत्याको अनुसन्धान शुरु भएको छ । प्रहरी कार्यालय प्रमुख खुमलाल भुषालका मृत्युको कारण खोज्नका लागि पोखराबाट विशेषज्ञको टोली घटनास्थलमा जाँदैछ ।
विशेषज्ञको टोलीले तालिम प्राप्त कुकुरको समेत प्रयोग गर्नेछ । प्रारम्भिक रुपमा हेर्दा दम्पत्तिको हत्या भएको देखिए पनि अनुसन्धान पछि मात्र त्यसको पुष्टि गर्न सकिने प्रहरी अधिकृतहरु बताउँछन् ।
घटनामा ६९ बर्षका सूर्यबहादुर जिसी र उहाँकी श्रीमती अन्दाजी ६७ वर्षिया कमला जिसी आफ्नै घर भित्र मृत अवस्थामा भेटिएका थिए । विहान ८ बजेसम्म पनि छोराबुहारीले फोन गर्दा दम्पत्तिले फोन नउठाए पछि उनको परिवारले दम्पत्तिको खोजी गरेको थियो ।
आर्थिक लुटपाटको प्रयास हुँदा दम्पत्तिको हत्या भएको हुनसक्ने स्थानीयले प्रारम्भिक अनुमान गरेका छन् । पोखरामा घडेरी किन्नका लागि भन्दै मृतक जिसीले सहकारी र अन्य संस्थामा पैसा ऋण माग्न हिडेका थिए । आर्थिक लुटपाटको प्रयास वा अन्य कुनै कारणले दम्पत्तिको हत्या भएको प्रहरीले भने प्रारम्भिक रुपमा केहि उल्लेख गरेको छैन् ।
मृतक दम्पत्तिका ३ वटा छोराहरु रहेका छन् । २ जना वैदेशिक रोजगारीका लागि कोरिया रहेको र एक जना पर्वत वेनीमा ब्यवसायमा संग्लन्न रहेका छन् ।
अहिले स्थानीयबासी सहित प्रहरीको टोली घटनास्थलमा रहेको छ । छन्
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


