अख्तियारले भन्यो-‘सुशासन प्रयोग नगर्दा भष्ट्रचारका उजुरी बढे’
स्याङ्जा :
मुलुकमा नयाँ संविधान जारी भएसगै बनेको संघियतापछि अख्तियारमा उजुरी दिने संख्या बढ्न थालेको एक कार्यक्रममा बताइएको छ । स्याङ्जाको वालिङ नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले आयोजना गरेको पालिकास्तरीय अन्तरक्रिया कार्यक्रममा सुशासनका औजारहरु प्रयोग गर्न नजान्दा उजुरीहरु बढ्न थालेको बताइएको हो । आयोगको कार्यालय पोखराका उपसचिव नविन शर्माले अन्तरक्रियामा पेश गरेको प्रतिवेदनमा सबैभन्दा बढी उजुरी सुशासनकै कमजोरीका कारण उजुरी परेको जानकारी दिए ।
उपसचिव शर्माले प्रस्तुत गरेको प्रतिवेदन अनुसार अख्तियारमा उजुरी पर्ने कारणहरुमा शासन व्यवस्थ फेरिएपनि उस्तै कार्यशैलि, न्युन स्रोत साधनमा असिमित अपेक्षाहरु पुरा गर्नुपर्ने, काममा दोहोरोपना, तीन तहको सरकारबीच समन्वय र सहकार्य कमजोर रहनु, स्थानीय तहका जनप्रतिनिधिको कार्यशैलिमा स्वेच्छाचारिता, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण जस्ता शुसासनका औजारहरुको वास्तविक प्रयोग नहुनुलगायतले अख्तियारमा उजुरी दिनेको संख्या बढ्न गएको अनुमान लगाइएको छ । कतिपय उजुरीहरु रिसिवीका कारण पनि पर्नेगरेको प्रतिवेदनमा उनले उल्लेख गरेका छन् ।
वालिङ नगरपालिकाभित्र रहेका संघिय, प्रदेश कार्यालयका प्रमुख तथा प्रतिनिधि, नगरभित्र रहेका सामुदायीक विद्यालयका प्रधानाध्याप तथा व्यवस्थापन समितिका अध्यक्ष, नगरपालिका कार्यालयका विभिन्न शाखा प्रमुखहरु, उपभोक्ता समिति, संचारकर्मी र जनप्रतिनिधिहरु बिच गरिएको भष्ट्रचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्वन्धी अन्तरक्रियामा केही कानुनी अड्चनका कारण पनि विकास निर्माण र खर्चमा समस्या हुने गरेको सहभागीहरुले बताएका थिए ।
कार्यक्रममा आयोगका उपसचिव नवराज शर्माले अख्तियार दुरुपयोग आयोगमा कसरी भ्रष्टाचार सम्बन्धी उजुरी दर्ता गर्ने, कस्ता कार्य कानुनतह भ्रष्टाचार हुन्, यसका कानुनी उपचार, सजाँय, पालिकामा कसरी नितिसम्मत योजनाहरु सम्पन्न गरी भ्रष्टाचार मुक्त र सुशासन युक्त बनाउन सकिन्छ भन्ने बिषयमा सहजिकरण गरेका थिए । उनले दिएको जानकारी अनुसार अख्तियार दुरुपयोग आयोगमा आर्थिक वर्ष २०७९/८० कुल २८ हजार ६७ उजुरी परेकोमा १८ हजार ७ सय ९९ उजुरी फछ्र्यौट भएको जानकारी दिए । ति मुद्धामध्ये १६२ वटा मुद्धा अदालतमा दर्ता भएको जानकारी दिए । त्यस्तै स्याङजामा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको ४८ र चालू आर्थिक वर्षमा दर्ता भएको ८५ गरी कुल १ सय ३३ उजुरी मध्ये ८८ वटा उजुरी फछ्यौट भएको र ४५ वटा उजुरी अनुसन्धानकै क्रममा रहेको जानकारी शर्माले दिए । वालिङमा पनि गत वर्षबाट जिम्मेवारी सरेर आएको ८ चालु वर्षमा दर्ता भएको ९ गरी कुल १७ उजुरीमा ८ वटा फछ्यौट भएका छन् भने बाँकी ९ वटा उजुरी अनुसन्धानमै रहेको बताए ।
कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारीले आफूहरु सुशासनका लागि प्रतिवद्ध भएर लागेको वताएकी छन् । स्थानीय तहहरुमा नागरिकले अनावश्यक दुख दिनका लागि उजुरी दिने गरेको पाइएकोले उजुरीको शुष्म ढंगवाट विश्लेषण गरेर मात्र अनुसन्धान गर्न सुझाव दिएकी छन् ।
अन्तरक्रियामा वालिङ नगरपालिका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले केहि व्यक्तिहरुले आफ्नो स्वार्थपुर्तिका लागी नकरात्मक नियतका साथ अख्तियारमा उजुरी गर्ने गरेको भन्दै यसलाई पनि अख्तियारले सुस्म ढंगले हेर्नुपर्ने बताए । शर्माले पछिल्लो समय स्थानीय विकास योजनाहरुमा जनसहभागिता कम भएको भन्दै यसमा जनप्रतिनिधिहरु तथा आम सर्वसाधारण प्रतिवद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए । जनप्रतिनिधि नै ठेकेदार हुने समस्याले काम गर्न गाह्रो हुनेगरेको दुखेसो शर्माको थियो ।
कार्यक्रममा वालिङका जनप्रतिनिधि, विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, शिक्षक, सुरक्षानिकाय, संचारकर्मी लगायतका सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले नैतिक तथा आर्थिक भ्रष्टाचारका विषयमा आफ्ना जिज्ञासाहरु राखेका थिए ।
समाचार
थप सामाग्रीखेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवाहरु सक्रिय ।
६ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएकाछन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको…