परीक्षा दिएर फर्कदै गरेका विद्यार्थीको बसबाट खसेर मृत्यु ।

स्याङजा,३ बैशाख ।
स्याङजाको वालिङमा बसबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ । वालिङ नगरपालिका–१३ मा बुटवलबाट पोखराका लागि छुटेकको लु १ ख ६८९७ नम्वरको बसबाट खसेर परीक्षा दिएर फर्कदै गरेका विद्यार्थी २० बर्षीय अमित शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरिक्षक पावलसिंह लामाले जानकारी दिनुभयो ।
सर्लाहीको मलङ्गवा नगरपालिका–६ घरभई वालिङ नगरपालिका–१ स्थितरणविर जनहित माविमा ईलेक्ट्रिक ईन्जिनियरमा अध्ययनरत शाह बसको ढोकाबाट खसेको र सोही बसको टायरले किचेको प्रहरी निरिक्षक लामाले जानकारी दिनुभयो ।
वालिङ १३ मा रहेको भूपू सैनिक मावि परीक्षा केन्द्रमा सिटिईभिटि ईलेक्ट्रिक ईन्जिनियरिङ विषयको परीक्षा दिएर शाह फर्कदै गरेको प्रहरीको भनाई छ ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…