परीक्षा दिएर फर्कदै गरेका विद्यार्थीको बसबाट खसेर मृत्यु ।
स्याङजा,३ बैशाख ।
स्याङजाको वालिङमा बसबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ । वालिङ नगरपालिका–१३ मा बुटवलबाट पोखराका लागि छुटेकको लु १ ख ६८९७ नम्वरको बसबाट खसेर परीक्षा दिएर फर्कदै गरेका विद्यार्थी २० बर्षीय अमित शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरिक्षक पावलसिंह लामाले जानकारी दिनुभयो ।
सर्लाहीको मलङ्गवा नगरपालिका–६ घरभई वालिङ नगरपालिका–१ स्थितरणविर जनहित माविमा ईलेक्ट्रिक ईन्जिनियरमा अध्ययनरत शाह बसको ढोकाबाट खसेको र सोही बसको टायरले किचेको प्रहरी निरिक्षक लामाले जानकारी दिनुभयो ।
वालिङ १३ मा रहेको भूपू सैनिक मावि परीक्षा केन्द्रमा सिटिईभिटि ईलेक्ट्रिक ईन्जिनियरिङ विषयको परीक्षा दिएर शाह फर्कदै गरेको प्रहरीको भनाई छ ।
समाचार
थप सामाग्री-
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
१ हप्ता अगाडि
स्याङ्जा : मुक्तिनाथ विकास बैंक लिमिटेड जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको एउटा रंगिन टेलिभिजन उपलब्ध गराएको छ । बैंकले…


