वालिङमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु
वालिङ :
स्याङ्जाको वालिङमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । वालिङ भलिबल क्लबकाे चौथो वार्षिकोत्सवको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता गरिएको हो ।
भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै वालिङ नगर प्रमुख कृष्ण खाँणले आगामी तीन वर्षमा खेल क्षेत्रको विकासमा महसुस हुने गरी नीति नियम तथा बजेटको ब्यवस्था गर्ने बताउनुभयाे। वालिङ नगरभित्रका पुरुष तथा महिला फुटबल, भलिबल लगायतका खेलकुद प्रतियोगितामा निक्कै अगाडि रहेको अवस्थामा नगरले खेल क्षेत्र तथा खेलाडीको क्षमता विकासकालागि बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउनुभएको हो । नगरभित्रका १४ वटै वडामा आधारभूत खेलकूद मैदान निर्माण गर्दै जाने नीति नगरको रहेको बताउँदै वालिङ खेलमैदानका विषयमा अब छिट्टै टुङ्गोमा पुग्ने जानकारी गराउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, परिषदका सदस्य सचिव श्रीधर शर्मा, वालिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना तिवारी, वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कार्यालय प्रमुख देवबहादुर बोगटी, वालिङ भलिबल क्लबका सदस्य जङ्गबहादुर गुरुङलगायतले बाेलेका थिए।

क्लबका अध्यक्ष दीपेन्द्र खाँणको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको सञ्चालन सचिव हुमराज गुरुङले र स्वागत उपाध्यक्ष राजु खड्काले गर्नुभएको थियो । भलिबल खेललाई दीगोरुपमा विकास र संरक्षण गरी यस क्षेत्रको भलिबल खेल तथा खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमासम्म पु¥याउने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष दीपेन्द्र खाँणले बताउनुभयो ।
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा खेल प्रदर्शन गरेका ख्यातिप्राप्त खेलाडीहरुसहितका ९ टिमहरु सहभागी छन् भने भेट्रान्सतर्फ ५ टिम सहभागी छन् ।
प्रतियोगिता लिगकम नकआउट विधिबाट सञ्चालन हुने छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख ५० हजारसहित शिल्ड प्राप्त गर्नेछ । द्वितीय हुने टिमले नगद एक लाखसहित शिल्ड प्राप्त गर्दा तृतीय हुने टिमले नगद ५० हजार र शिल्ड एवम् सान्त्वना हुने टिमले नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका उपाध्यक्ष राजु खड्काले बताउनुभयो ।
त्यस्तैगरी विभिन्न सात विधामा पनि खेलाडीहरुलाई पुरस्कृत गर्ने तयारी क्लबको छ । उत्कृष्ट खेलाडीलाई रु. १० हजार पुरस्कारको ब्यवस्था रहेको छ । त्यस्तै वेष्ट स्पाईकर, वेष्ट सेटर, मिडल ब्लकर, वेष्ट सर्भर, वेष्ट डिफेण्डर र उदयीमान खेलाडीलाई जनही ५ हजार पुरस्कार दिने क्लबका कोषाध्यक्ष कृष्ण शर्माले बताउनुभयो । वालिङ खेलमैदानमा सुरु भएकाे प्रतियोगिता ३० गतेसम्म सञ्चालन हुनेछ ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


