वालिङ बहुमुखी क्याम्पसमा नयाँ नेतृत्व ।
वालिङ :
देशकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पसको अध्यक्षमा उदय श्रेष्ठ निर्वाचित हुनुभएको छ । क्याम्पसको १३औँ अधिवेसनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । सदस्यहरुमा आनन्दप्रसाद पाठक, केदार काफ्ले, दिलिपकुमार बगाले, नेत्रप्रसाद पाण्डे, पदमप्रसाद पाण्डे, पुण्यप्रसाद अर्याल, भोजराज गुरुङ, रुक्मागत पौडेल, सुरेशप्रसाद गैह्रे, हेमप्रसाद गैह्रे रहनुभएको छ ।
। त्यस्तै लेखा सुपरिवेक्षण तथा नियन्त्रण समितिको संयोजकमा अर्जुनप्रसाद खनाल निर्वाचित हुनुभएको छ । यसैबीच निर्वाचित संचालक समितिले प्रमाणपत्र ग्रहण गरेका छन् । निर्वाचन अधिकृत तेजराज शर्माले अध्यक्ष सहित सदस्यहरु लेखा सुपरिवेक्षण तथा नियन्त्रण समिति संयोजकलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


