पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको पर्यटक बस तनहुँमा दुर्घटना ।
तनहुँ:
जिल्लाको म्याग्दे गाउँपालिका ६ शेराटारमा शनिबार बिहान पर्यटक बस दुर्घटना हुँदा ६ जना चिनियाँ नागरिक घाइते भएका छन् ।
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ प ११३९ नम्बरको पर्यटक बस सडकको दायाँ साईडमा पल्टिँदा त्यसमा सवार २६ जना यात्रुहरुमध्ये ६ जना चिनियाँ पर्यटक घाइते भएको जिल्लाका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।
उनका अनुसार घाइतेहरुको हाल जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा उपचार भइरहेको छ । चालकलाई नियन्त्रणमा लिई दुर्घटना सम्बधमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खाँणले बताए ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


