अपराध नियन्त्रणमा प्रहरी र समुदायको सहयोग अवश्यक
स्याङ्जा :
समाजमा हुने हरेक अपराधिक घट्ना न्युनिकरणमा प्रहरी र समुदाय बिच गहिरो सम्वन्ध हुनुपर्नेमा जोड दिइएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा सरुवा भएर जिल्लाको कमाण्ड सम्हाल्न आएका प्रहरी प्रमुख सगँ पत्रकारहरुको परिचयात्मक तथा अन्तरक्रियामा उक्त निष्कर्ष निकालिएको हो । शान्ति सुरक्षा अमनचयनमा समुदायको सहयोग प्रहरीलाई अपरिहार्य आवश्यक रहने नव आगन्तुक प्रहरी प्रमुख प्रहरी उपरीक्षक शालिकराम शर्माले बताए । समुदाय र प्रहरीलाई सन्तुलनमा राखेर अगाडी बढाउन संचारकर्मीहरुको महत्वपुर्ण भुमिका रहने समेत शर्माले बताए ।
जिल्लालाई अपराधिक गतिविधि न्युनिकरण गर्न पत्रकारहरुले पनि सहयोगी भुमिका खेलिदिन उनले पत्रकारहरु सगँ आग्रह गरे । आफु आएको झण्डै एक महिनामा जिल्लामा शान्तिसुरक्षा, अपराध, लैङ्गिक हिंसा र प्रहरीकै समस्या, समाधानका बारेमा जानकारी लिएको उनले बताए । कानुनले अवलम्बन गरेका बाहेक समुदाय र प्रहरी नै मिलेर जिल्लालाई सुशासनयुक्त समाज बनाउनु पर्नेमा प्रहरी प्रमुखको जोड थियो । प्रहरी र पत्रकार बिच नङ् र मासुको जस्तै सम्वन्ध रहेर काम गर्नुपर्ने सुझाव शर्माको छ ।
पत्रकार भेटघाटमा शर्माले झण्डै एक महिनाको समयमा आफुले गरेको कार्य सम्पादनको बारेमा जानकारी गराए । एक महिनामा अपराधका घट्नामा ११ मुद्धा दर्ता भएका मध्ये ७ जना मानिस पक्राउ परेको, पुराना फस्यौट हुन बाँकी रहेका १३ मुद्धा सबै फस्यौट भएको, फरार प्रतिवादी १३ जना पक्राउ परेका र उनीहरुबाट ५३ हजार ७ सय ८० राजस्व संकलन गरेको जानकारी दिए । शान्तिसुरक्षाका लागि ७३ वटा ग्रामिण गस्ति परिचालन गरिएको, लागु औषध बरामद, ट्राफिक कारवाहीमा ५ सय ९७ वटा सवारी साधनबाट ४ लाख ५६ हजार ५ सय राजस्व संकलन गरिएको र समुदाय साझेदारी कार्यक्रम अन्तर्गत बिभिन्न शिर्षकमा २०९ कार्यक्रमबाट ३७९४ नागरिक लाभान्वित भएको बताए । आफ्नो बसाई अवधीभर प्रहरीको सक्रियता अझै बढ्ने र शान्ति सुरक्षामा सिमित साधनश्रोतको परिचालन गरी कुनै कसुर बाँकी नराख्नेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
भेटघाट तथा अन्तरक्रियामा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले जिल्लाको बस्तु स्थती, संचार क्षेत्रको अवस्था, पत्रकारहरुले बेला—बेलामा भोग्नुपर्ने समस्या लगायतका बारेमा जानकारी गराएका थिए । प्रहरीले गरेको कार्य सम्पादनमा जिल्लाका पत्रकारहरुले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । नेपा पत्रकार महासंघ लगायत पत्रकारहरुका संघसंगठन, क्रियाशिल पत्रकारहरु सहभागिता रहेको थियो ।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…