खेल क्षेत्रलाई व्यवस्थित बनाउन सबैको सहकार्य आवश्यक छ : सांसद तिवारी
वालिङ :
गण्डकी प्रदेशका सांसद कल्पना तिवारीले खेल क्षेत्रलाई व्यवस्थित बनाउनका सबैको सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।
वालिङ खेलमैदानमा सञ्चालित खुल्ला पुरुष भलिबल प्रतियोगिताको बुधबार समापन गर्दै सांसद तिवारीले खेल क्षेत्रलाई व्यवस्थित गर्दै राष्ट्रको गहनाको पहिचानको रुपमा आगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।
ंसांसद तिवारी खेल तथा खेलाडीलाई व्यवसायिक रुपमा अगाडि बढाउनका लागि तीनै तहका सरकारबीच समन्वय हुुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
स्थानीय स्तरमा आयोजना गरिएको यस्ता प्रतियोगिताले खेल तथा खेलाडीको विकासमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने भन्दै खेलका गतिविधिहरुलाई निरन्तर रुपमा अगाडि बढाउनुपर्नेमा उहाँको जोड छ । वालिङमा अव्यवस्थितरुपमा रहेको खेलमैदानलाई आगामी दिनमा व्यवस्थित गरिने गण्डकी प्रदेश सांसद तिवारीले विश्वास व्यक्त गर्नुभयो ।

वालिङ भलिबल क्लबले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा फागुन २५ गतेदेखि खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो । भलिबल खेललाई दीगोरुपमा विकास र संरक्षण गरी यस क्षेत्रको भलिबल खेल तथा खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सम्म पु¥याउने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष दीपेन्द्र खाँणले बताउनुभयो ।
प्रतियोगितामा न्यु होराईजन स्पोर्टस क्लव बुटवलले उपाधि जितेको छ । न्यू होराइजन बुटवलले विधान स्पोर्टस हाउस वालिङलाई पराजित गर्दै उपाधि जितेको हो । विधान स्पोर्टस हाउसले दोस्रो स्थानमा चित्त बुझाएको छ । प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेसंगै बुटवलले नगद एक लाख ५० हजारसहित शिल्ड प्राप्त गरेको छ भने द्वितीय भएकोे विधान स्पोर्टस हाउस वालिङले नगद एक लाखसहित शिल्ड प्राप्त गरेको छ ।
प्रतियोगितामा मण्डली स्पोर्टस् क्लब पाल्पालाई पराजित गर्दै आँधीखोला पिस युथक्लब बयरघारीले तेस्रो स्थान प्राप्त गर्न सफल हुँदा पाल्पाको मण्डली स्पोर्टस क्लब चौँथो बनेको हो । तृतीय स्थान प्राप्त गरेको बयरघारीले नगद ५० हजार र शिल्ड एवम् सान्त्वना भएको पाल्पाले नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तैगरी विभिन्न सात विधामा पनि खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । खेल अवधिभर उत्कृष्ट खेलाडीलाई रु. १० हजार पुरस्कारको प्रदान गरिएको छ भने त्यस्तै वेष्ट स्पाईकर, वेष्ट सेटर, मिडल ब्लकर, वेष्ट सर्भर, वेष्ट डिफेण्डर र उदीयमान खेलाडीलाई जनही ५ हजार पुरस्कार वितरण गरिएको क्लबका कोषाध्यक्ष कृष्ण शर्माले बताउनुभयो । प्रतियोगितामा स्याङ्जा, रुपन्देही, पाल्पालगायतका जिल्लाका ८ टिमको सहभागिता रहेको थियो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


