स्याङ्जा : किरियापुत्री दाजुभाइले दिए एसइई

स्याङ्जा :
पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् । फेदिखोला ४ घर भई सिद्धार्थ मावि फेदिखोला १ मा अध्ययनरत सङ्गम क्षेत्री र सौगात क्षेत्री दुई दाजुभाइले परीक्षा दिएका हुन् ।
बाबाको मृत्यु भएका चौथो दिनमा परीक्षा दिएका सङ्गमको ०४३००५६५ आई र सौगातको ०४३००५६८ एल सिम्बोल नम्बर छ । शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका प्रमुख विश्वराज आचार्यले पहिलो दिनको परीक्षामा चार हजार ९९ जना परीक्षार्थी सहभागी भएको र ३४ जना अनुपस्थित रहेको बताउनुभयो । परीक्षामा १९ छात्रा र १६ छात्र अनुपस्थित भएको आचार्यले बताउनुभयो ।
यहाँ रहेका एक सय ६८ विद्यालयका विद्यार्थीले २६ वटा केन्द्रबाट परीक्षा दिएका हुन् । यसअघि यहाँ ३४ वटा केन्द्र रहेकोमा १० वटा घटाइएको हो भने दुई वटा नयाँ थपिएको हो ।
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…