आयरल्यान्ड ‘ए’विरुद्धको टी–२० शृंखला नेपाललाई ।
काठमाण्डौ:
घरेलु टोली नेपालले आयरल्यान्ड ‘ए’विरुद्धको टी–२० शृंखला जितेको छ। मंगलबार भएको दोस्रो खेलमा ७१ रनको जित निकाल्दै नेपालले शृंखला २–० ले क्लिनस्विप गरेको हो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ९८ रन बनाएको थियो। प्रत्युत्तरमा आयरल्यान्ड १८।३ ओभरमा अलआउट हुँदा मात्र एक सय २७ रन बनाउन सक्यो।
सोमबार भएको खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले हराएको थियो। यसपछि आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’सँगै खेल्नेछ। नेपाल राष्ट्रिय टिम भने भारत भ्रमणमा निस्कनेछ। भारतमा नेपालले दुई अभ्यास खेल खेल्ने तालिका छ।
आयरल्यान्डको इनिङ्समा स्टेफन डोहेनीले १३ बलमा चार चौका र एक छक्कासहित २६ रन बनाए। मोर्गन टोपिङले २१, केड कार्मिचाइलले १८, कप्तान नेइल रोकीले १७ रनको योगदान गरेका थिए।
नेपालका सोमपाल कामी र कुशल मल्लले सर्वाधिक तीन विकेट लिए। करण केसी, कुशल भुर्तेल र विवेक यादवले समान एक विकेट लिएका हुन्।
नेपालको इनिङ्समा युवा अलरान्डर गुल्सन झाले ३२ बलमा एक चौका र चार छक्कासहित ४६ रन बनाए। कप्तान रोहितकुमार पौडेलले ३३ र कुशल मल्लले ३४ तथा कुशल भुर्तेलले २५ रनको योगदान गरेका हुन्। सन्दीप जोरा १० बलमा २१ रन बनाएर आउट भए। त्यस्तै, आसिफ शेखले ११, अनिल शाहले १२ रनको जोडे। आयरल्यान्डका म्याथ्यु फोस्टरले सर्वाधिक तीन विकेट हात पारे।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


