नेदरल्यान्ड्सलाई हराउँदै नेपाल त्रिदेशीय टी–२० शृङ्खलाकाे फाइनलमा
काठमाण्डाै :
नेदरल्यान्ड्सलाई हराउँदै नेपाल त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाकाे फाइनलमा पुगेकाे छ । आज भएकाे खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल उपाधि नजिकै पुगेकाे हाे ।
नेदरल्यान्ड्सले दिएकाे १ सय २१ रनकाे लक्ष्य नेपालले १५ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायाे । नेपालका कप्तान राेहित पाैडेलले सबैभन्दा धेरै ४६ रन बनाए । यस्तै गुल्सन झा ३८ रन बनाएर आउट भए । नेदरल्यान्ड्सका भिभान किङ्गमाले ३ विकेट लिए ।
यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेदरल्यान्ड्स १९ ओभर ३ बलमा १ सय २० रनमा समेटियाे । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले सबैभन्दा धेरै ३१ रन बनाए । नेपालका प्रतिस जिसीले ३ तथा करण केसी र कुशल मल्लले समान २ विकेट लिए ।
यो जितसँगै नेपालको ४ अङ्क भएको छ र फाइनल खेल्ने पक्का भएको छ । शृङ्खलाकाे अन्तिम खेलमा भोलि नेदरल्यान्ड्स र नामिबियाले खेल्नेछन् । नेदरल्यान्ड्सले जितेमा ६ अङ्कसहित ऊ नै फाइनलमा पुग्नेछ । तर नामिबियाले जितेमा भने नेदरल्यान्ड्सकाे रन रेट घट्नेछ । रन रेटका आधारमा नामिबिया र नेदरल्यान्ड्समध्ये एउटा टोली फाइनलमा पुग्नेछ । फाइनल खेल मङ्गलवार हुनेछ । ujyaloonline.com
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


