‘नैतिक शिक्षा’ विषय लागू गर्न माग

वालिङ :
विश्व हिन्दु युवा संघ स्याङ्जाले गण्डकी प्रदेशभर नैतिक शिक्षा विषय लागू गर्न माग गर्दै प्रदेशभरीका स्थानीय तहहरूलाई अनुरोध गरेको छ । समाजमा हत्या, हिंसा, चोरी, बलात्कार जस्ता अमानवीय र अनैतिक कार्यहरू बढ्दै गएकोप्रती चिन्ता व्यक्त गर्दै संस्थाले यसको न्यूनीकरण एवं समाधानका लागि आगामी शैक्षिकसत्र २०८१ देखि विद्यालय तहमा नैतिक शिक्षा लागू गर्न गराउन माग गरेको हो । संस्थाका जिल्ला अध्यक्ष नवराज पौडेले समाजमा अराजकता बढ्दै गएको र सामाजिक मूल्य, मान्यता, संस्कार र परम्परा विपरितका घटना बढेको भन्दै विद्यार्थीहरूलाई संस्कार र नैतिकता सहितको शिक्षा दिनु अपरिहार्य रहेको बताएका छन् ।
विश्व हिन्दु युवा संघ स्याङ्जाले जिल्ला भित्र रहेर विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ । संघले विगत ३ वर्षदेखी धर्म ,संस्कृतिको जगेर्ना साथै सनातन धर्मको संरक्षणको लागि विभिन्न पहल गर्दै आएको छ । स्याङ्जामा संस्कृत भाषा कक्षा सञ्चालन, संस्कृत पुस्तकालय स्थापना गरिसकेको संस्थाले नैतिक शिक्षा लागू गराउन दबाब एवं पहल गरिरहेको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका लगायतका केही पालिकाले आगामी शैक्षिक सत्रबाट नैतिक शिक्षा विषय लागू गराउने प्रतिवद्धता जनाएका छ्न ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…