मिटरब्याजी सम्बन्धी उजुरी र गुनासा सुनुवाई गर्न जिल्ला प्रशासन स्याङ्जामा हेल्प डेस्क

वालिङ :
जिल्ला प्रशासन कार्यालय स्याङ्जामा मिटरव्याजी सम्बन्धी उजुरी र गुनासा सुनुवाई गर्न हेल्प डेस्क स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार मिटरव्याज सम्बन्धी उजुरी, निवेदन र पीडितहरुका गुनासा तत्काल सुनुवाई गर्न फोकल पर्सन तथा सहजीकरण डेस्क तोकिएको हो । अनुचित लेनदेन मिटरव्याज विरुद्धको जाँचबुझ आयोग गठन हुने भएकाले मिटरव्याज सम्बन्धी उजुरी तथा निवेदन दिन र पीडितहरुको गुनासा सुनुवाई गर्न एकजना अधिकृत स्तरको कर्मचारीलाई खटाएर सहजीकराण डेस्क समेत स्थापना गर्न गृह मन्त्रालयले पत्र पठाएकाले डेस्क स्थापना गरिएको प्रजिअ नेपालले बताउनुभयो ।
सजहीकरण डेस्कमा कार्यालयका प्रशासकीय अधिकृत शोभाखर पोख्रेललाई फोकल पर्सन तोकिएको समेत प्रजिअ नेपालले बताउनुभयो । जिल्लामा मिटरव्याजीबाट पीडित हुनुभएका सर्वसाधारणलाई डेस्कमा आई उजुरी तथा निवेदन पेश गर्न प्रशासन कार्यालयले आग्रह गरेको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
१ महिना अगाडि
पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा…