मिटरब्याजी सम्बन्धी उजुरी र गुनासा सुनुवाई गर्न जिल्ला प्रशासन स्याङ्जामा हेल्प डेस्क
वालिङ :
जिल्ला प्रशासन कार्यालय स्याङ्जामा मिटरव्याजी सम्बन्धी उजुरी र गुनासा सुनुवाई गर्न हेल्प डेस्क स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार मिटरव्याज सम्बन्धी उजुरी, निवेदन र पीडितहरुका गुनासा तत्काल सुनुवाई गर्न फोकल पर्सन तथा सहजीकरण डेस्क तोकिएको हो । अनुचित लेनदेन मिटरव्याज विरुद्धको जाँचबुझ आयोग गठन हुने भएकाले मिटरव्याज सम्बन्धी उजुरी तथा निवेदन दिन र पीडितहरुको गुनासा सुनुवाई गर्न एकजना अधिकृत स्तरको कर्मचारीलाई खटाएर सहजीकराण डेस्क समेत स्थापना गर्न गृह मन्त्रालयले पत्र पठाएकाले डेस्क स्थापना गरिएको प्रजिअ नेपालले बताउनुभयो ।
सजहीकरण डेस्कमा कार्यालयका प्रशासकीय अधिकृत शोभाखर पोख्रेललाई फोकल पर्सन तोकिएको समेत प्रजिअ नेपालले बताउनुभयो । जिल्लामा मिटरव्याजीबाट पीडित हुनुभएका सर्वसाधारणलाई डेस्कमा आई उजुरी तथा निवेदन पेश गर्न प्रशासन कार्यालयले आग्रह गरेको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


