स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा अर्जुनचौपारी जिल्लाकै उत्कृष्ट(अन्य पालिकाको अवस्था कस्तो?)
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक आर्थिक वर्षमा प्रकाशन गर्ने स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (FRA report) प्रतिवेदनमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका जिल्लाकै उत्कृष्ट भएकाे छ भने गण्डकी प्रदेशमा तेश्रो भएकाे छ ।
आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन अनुसार अर्जुनचौपारी गाउँपालिकाले ८९ दशमलव ५ अंक प्राप्त गरेको हो। स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन प्रतिवेदनमा उल्लेख भएका विभिन्न पाँचवटा दायरामा अर्जुनचौपारी गाउँपालिकाले उत्कृष्ट अंक ल्याउन सफल भएको छ।
योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा २१ अंक, कार्यन्वयन क्षमता तथा व्यवस्थापनमा २४.५, लेखाङ्कन तथा प्रतिवेदनमा १६, अनुगमन मूल्याङ्कन तथा लेखापरीक्षणमा १२ र राजस्व व्यवस्थापनमा १६ अंक प्राप्त गरी अर्जुनचौपारी गाउँपालिकाले उत्कृष्ट स्थान बनाएको छ।
स्याङ्जाका अन्य पालिकाकाे अवस्था यस्ताे रहेकाे छ ।


समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


