चापाकोटमा साङ्केतिक भाषा तालिम सप्पन्न
गोपीकृष्ण रेग्मी/चापाकोट :
चापाकोट नगरपालिकामा साङ्केतिक भाषा तालिम सम्पन्न भएको छ । चापाकोट अपाङ्ग संघ द्धारा संचालित २ महिने नेपाली साङ्केतिक भाषा तालिम समापन भएको हो । समापनमा चापाकोट नगर उप–प्रमुख इशा रानाको प्रमुख आतिथ्यतामा गरिएको थियो । हरेक सरकारी कार्यालयमा साङ्केतिक भाषा आवश्यक रहेको रानाको भनाई छ । समाजमा रहेका अपाङ्गता नागरिकको सेवा प्रवाहमा साङ्केतिक भाषा आवश्यक रहेको औल्याइन् । चापाकोट नगरपालिकाले पनि यस्ता नागरिकको लागि छिट्टै साङ्केतिक भाषा प्रयोग गरि अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा उप– सचिव चापाकोट शिक्षा शाखाका प्रमुख मनोज श्रीमल नेपाली, ईलाका प्रहरी चापाकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जेशी शाहले साङ्केतिक भाषा तालिम बाट सरकारी कार्यालयमा समस्या मध्ये भाषाको समस्या लाई यो तालिमले सहजता ल्याउने विश्वास व्यक्त गरे । सरकारी कार्यालयमा सेवा लिन आउने अपाङ्गता नागरिकका लागि साङ्केतिक भाषा नहुँदा कठिनाई हुदै आएको उनीहरुले बताए । यो तालिमले अवका दिन अपाङ्गता नागरिकलाई सेवा प्रवाहमा सहज हुने उनीहरुको भनाई थियो ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


