प्राकृतिक स्रोत व्यवस्थापन ( कृषि ) क्याम्पस सञ्चालनमा आउने ।

राधाकृष्ण डुम्रे/वालिङ ।
स्याङ्जाको चापाकोटमा प्रस्तावित प्राकृतिक स्रोत व्यवस्थापन ( कृषि ) क्याम्पस सञ्चालनमा आउने भएको छ । क्याम्पस सञ्चलनको बारेमा लामो समय देखि विवाद र चर्चा हुँदै आएको थियो ।
चापाकोट नगरपालिकाले प्रस्तावित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पस सञ्चालन सम्बन्धमा वृहत छलफल कार्यक्रम गरेर तत्कालै सञ्चालनमा आउन लागेको जानकारी गराएको हो । चापाकोट नगरपालिका–८ रत्नपुरमा प्रयाप्त पूर्वाधार भएर पनि विभिन्न कारणबाट क्याम्पस सञ्चालनमा आउन सकेको थिएन ।
कार्यक्रममा बोल्नुहुँदै नेपाल सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ग्रामीण भेगको जमिनको सहि सदुपयोगको लागि कृषि क्याम्पस महत्वपूर्ण हुने बताउनु भयो । बाँझो रहेको जमिनको प्रयोग बढाउन सरकारले ध्यान दिदै आएको भन्दै मन्त्री गुरुङले माटो र परिवेश सुहाउँदो शिक्षा प्रणाली सरकारको प्राथमिकतामा रहेको जानकारी दिनुभयो ।
विकासका कामहरु सबैको साझा भएको भन्दै मन्त्री गुरुङले विकासका कामहरुमा राजनीति नगर्न सवैलाई आग्रह गर्नुभयो । क्याम्पस सञ्चालनका लागि प्रधानमन्त्री प्रचण्डको सहयोग प्राप्त भएको उहाँको भनाई छ ।
कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका डिन अर्जुनकुमार श्रेष्ठले कृषि कलेज सञ्चालन गर्न धरै कठिन रहेको बताउनु भयो । उहाँले भन्नुभयो,“हामीले सामान्य रुपमा लिएका छौं यसलाई निरन्तर रुपमा सञ्चालन गर्न कठिन छ, सबै जिम्मेवार बन्यौं भने यसमा आमी सफल हुनेछौं ।”
२०७२÷०७३ मा कृषि क्याम्पस सञ्चालन सम्बन्धी ऐन बनेसँगै नेपालका १३ स्थानमा कृषि क्याम्पस सचालन गर्ने तयारी भईरहेको उहाँको भनाई छ । क्याम्पस सञ्चालनका लागि आवश्यक स्रोत,दरबन्दीको व्यवस्थापन भएको डिन श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधिश तीलप्रसाद श्रेष्ठले कृषि कलेल सञ्चालनका लागि बजेट, दरवन्दी र पूर्वाधार मुख्य विषय रहेको बताउनु भयो । स्थानीय नागरिकको रुपमा आफूले कलेज स्थापनाका लागि सहयोग गरिरहेको उहाँको भनाई छ ।
यस्तै गण्डकी प्रदेशका पूर्व सांसद भागवत प्रकाश मल्लले कृषि क्याम्पसलाई जिल्ला कै गौरवको रुपमा हरिएको बताउनु भयो ।
चापाकोट नगरपालिकाका नगर प्रमुख देवबहादुर खाँण ( इश्वर ) ले क्याम्पस सञ्चालनका लागि अहिले सम्म भएका प्रगतीका बारेमा जनाकारी गराउनु भएको थियो । उहाँले जग्गाको व्यवस्थापन भैसकेको र आवश्यक थप जग्गाको लागिसमेत पहल भैरहेको बताउनु भयो ।
कार्यक्रममा जिल्लाका राजनैतिक दलका प्रतिनिधि,बिज्ञ तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
तस्बिर ः कृषि क्याम्पस सञ्चलनका लागि आयोजना गरिएको बृहत छलफलमा सहभागि मन्त्री,न्यायाधिश लगायत ।
समाचार
थप सामाग्री
महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी उपहार स्वरुप वितरण गरिएको छ । स्थानीय तिलडाँडा…