स्याङ्जा प्रशासन र भीरकोटका जनप्रतिनिधीबीच सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया
भीरकोट :
सेवा प्रवाहमा कर्मचारी र जनप्रतिनिधिको अन्तरसम्बन्ध रहेको बताईएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजना र भीरकोट नगरपालिकाको समन्वयमा शुक्रबार भीरकोटमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन् । जिल्ला प्रशासन कार्यालयद्वारा प्रदान गरिने सेवा प्रवाह सम्बन्धी स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशेषगरी घटना दर्ता र नागरिकता सम्बन्धी आउने समस्याहरु र प्रत्यक्ष नागरिकहरुसँग जोडिएका जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने सेवाहरुको विषयमा अन्तरक्रिया भएको जनाईको छ ।
स्थानीय सरकार वा स्थानीय तह जनताको नजिकको देखिने, सुनिने र छिट्टै अनुभूत गरिने सरकार हो भन्दै नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले जिल्ला प्रशासन कार्यालयले समय सान्दर्भिक कार्यक्रमको आयोजना गरी स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई समसामयिक विषयमा थप सुसुचित बनाएको बताए । स्थानीयतहलाई सबैभन्दा नजिकको सरकार मानिन्छ भन्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले घटना दर्ता र नागरिकता सफिरिसमा लापरवाही गर्न नहुने बताईन । ग्रामीण तथा सहरी दुवै क्षेत्रमा जनतासँग प्रत्यक्ष सरोकार र सम्बन्धित हुने यो सरकारको योग्यता, क्षमता, क्रियाशीलता, इमान र विश्वसनीयता शासन प्रणालीमा सर्वाधिक महत्त्वका पक्ष रहेको उनको भनाई छ । माथिल्लो तहका सरकारहरू कतिपय विषयमा जनतामा पुग्ने माध्यम यिनै स्थानीय सरकार हुन् भन्दै प्रजिअ नेपालले स्थानीय सरकार नै प्रभावकारी सेवा प्रवाहका पर्याय भएकाले सोही अनुशार सेवाप्रवाहमा जुट्न सुझाव दिईन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


