अर्जुनचौपारीमा फागु पुर्णिमा मेला सुरु, खेलकुद अनुशासनको प्रतीक हो : सभापति अर्याल

स्याङजा :

दरौखोला युवा परिवार अर्जुनचौपारी स्याङजाको आयोजनामा फागु पुर्णिमाको अवसरमा फागु पुर्णिमा मेला तथा अन्तर वडास्तरी पुरुष भलिवल प्रतियोगिताको शुभारम्भ गरिएको छ । कार्यक्रमको शुभारम्भ नेपाली काग्रेँसका नेता तथा गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समिति सभापति भोजराज अर्यालले गर्नुभएको हो ।

खेलकुदको जस्तोे अनुशासन राजनीति देखि हरेक निकायमा हुनुपर्ने उहाँले बताउनुभयो । युवाहरुले खेलकुद मार्फत पालिका, जिल्ला र देशलाई चिनाउन महत्वपूर्ण भुमिका खेलेको उहाँको भनाई छ । राजनीतिले कतै बाटो विराएको त हैन भन्ने देखिन थालेको बताउदै अस्थिस्त्वमा रहेका दलका नेतृत्व कै कारण निरासा सृजना हुन थालेको जिकिर गर्नुभयोे ।

युवाहरुको काधमा राष्ट्र बनाउने जिम्मेवारी रहेको भन्दै राजनीतिक विचारका आधारमा विकासलाई लिएर जान नहुने बताउनुभयो ।

कार्यक्रममा नेपाली काग्रेस गण्डकी प्रदेशका उपसभापति तथा प्रदेश सांसद कल्पना तिवारीले नागरिकका आवश्यकता धेरै भएपनि सिमित साधन श्रोतले नागरिकको आवश्यकता पूरा गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो् ।

कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सदस्य बोधनारायण रेग्मी, नेकपा एमाले अर्जुनचौपारी गाउपालिका ईन्चार्ज चिनमाया गुरुङ, नेपाली काग्रेस अर्जुनचौपारी गाउपालिका सभापति बिष्णुप्रसाद काफ्ले, नेकपा एमाले अर्जुनचौपारी गाउपालिका अध्यक्ष मोहनबहादुर अधिकारी, नेपाली काग्रेस अजुर्नचौपारी गाउँपालिका सचिव शालिकग्राम काफ्ले, नेकपा एमाले अर्जुनचौपारी गाउँपालिका सचिब टिकाराम खनाल र क्लवका पुर्व अध्यक्ष ललित थापा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

क्लवका अध्यक्ष किरण काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुर्व अध्यक्ष खेम गुरुङले स्वागत र संचालन सचिव बिष्णु पौडेलले गर्नुभएको थियो ।

चैत्र १६ गतेसम्म संचालन हुने भलिवल प्रतियोगितामा अहिले सम्म ८ टिम सहभागी रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले १ लाख २१ हजार, दोस्रो हुनेले ८१ हजार, तेस्रो हुनेले ४१ हजार र सान्त्वना ११ हजार नगद सहित शिल्ड मेडल प्राप्त गर्ने छन् ।

Facebook Comments Box
TOP