जापनिज ल्याङ्वेज कन्सल्टेन्सीको सामाजिक कार्य,बालगृहलाई आर्थिक सहयोग ।

वालिङ :
स्याङ्जाको वालिङ नगरपालिका ८ मा अवस्थित जापनिज ल्याङ्वेज कन्सल्टेन्सीले बालगृहलाई नगद तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।
कन्सल्टेन्सीले स्याङ्जाको फेदीखोला गाउँपालिका १ मा रहेको अमोर सेवा नेपालद्वारा सञ्चालित बालगृहमा नगद रु. ३५ हजारसहित शैक्षिक सामग्री सहयोग गरेको कन्सल्टेन्सीका म्यानेजर अतित गुरुङले बताउनुभयो ।
बालगृहमा रहेका बालबालिकाहरुको शैक्षिक गतिविधिहरु सञ्चालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले कन्सल्टेन्सीले बालगृहमा पुगेर नगद तथा शैक्षिक सामग्री सहयोग गरेको म्यानेजर गुरुङले बताउनुभयो ।
बालगृहमै आएर नगद तथा शैक्षिक सामग्री सहयोग गरेकोमा अमोर सेवा नेपालकी अध्यक्ष कमला पराजुलीले धन्यवाद ज्ञापन गर्नुभयो ।

Facebook Comments Box
TOP