जापनिज ल्याङ्वेज कन्सल्टेन्सीको सामाजिक कार्य,बालगृहलाई आर्थिक सहयोग ।
वालिङ :
स्याङ्जाको वालिङ नगरपालिका ८ मा अवस्थित जापनिज ल्याङ्वेज कन्सल्टेन्सीले बालगृहलाई नगद तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।
कन्सल्टेन्सीले स्याङ्जाको फेदीखोला गाउँपालिका १ मा रहेको अमोर सेवा नेपालद्वारा सञ्चालित बालगृहमा नगद रु. ३५ हजारसहित शैक्षिक सामग्री सहयोग गरेको कन्सल्टेन्सीका म्यानेजर अतित गुरुङले बताउनुभयो ।
बालगृहमा रहेका बालबालिकाहरुको शैक्षिक गतिविधिहरु सञ्चालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले कन्सल्टेन्सीले बालगृहमा पुगेर नगद तथा शैक्षिक सामग्री सहयोग गरेको म्यानेजर गुरुङले बताउनुभयो ।
बालगृहमै आएर नगद तथा शैक्षिक सामग्री सहयोग गरेकोमा अमोर सेवा नेपालकी अध्यक्ष कमला पराजुलीले धन्यवाद ज्ञापन गर्नुभयो ।

समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


