वालिङ : जिप दुर्घटनामा पाँचजना घाइते
वालिङ :
वालिङ नगरपालिका वडा नं. ११ छत्युनमा बोलेरो जिप दुर्घटनामा नौजना घाइते भएका छन् ।
भित्री सडक खण्डमा वालिङबाट धनपुरतर्फ जाँदै गरेको ग २ च ७४७९ नं. को बलेरो जिप ब्रेक फेल भई सडकबाट २० मिटर तल खसेको हो । प्रहरी उपरीक्षक इन्द्रबहादुर रानाले जिप दुर्घटनामा पाँचजना गम्भीर घाइते भएको बताउनुभयो ।
जिप दुर्घटनामा वालिङ नपा ११ छत्युनका ७७ वर्षीय रनबहादुर मगर, ७५ वर्षीय लाटी मगर, भिरकोट नपा ५ का ३० वर्षीय विन्दु खवास, वालिङ नपा ११ जुहानखोला बस्ने ३६ वर्षीय हुमकला पंगेनी, १७ वर्षीय करिना खवास गम्भीर घाइते भएको रानाले बताउनुभयो । गम्भीर घाइतेको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको रानाले बताउनुभयो । दुर्घटनामा चालकवालिङ नपाका ज्ञान प्रसाद पंगेनी, सुकमाया सुन्धौली, नम्रता खत्री घाइते भएको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको रानाले बताउनुभयो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


