वालिङ महोत्सवको नवौं दिन : दर्शकको भीड उत्तिकै, शनिबार चर्चित कलाकारहरु वालिङ आउँदै ।

वालिङ :
स्याङ्जाको वालिङ खेलमैदानमा जारी वालिङ महोत्सवको नवौं दिन सम्म पनि दर्शकको उल्लेख्य सहभागिता रहदै आएको छ ।
सुरुका दिनदेखि नै दर्शकहरुको दैनिक उत्साहजनक उपस्थिति रहँदै आएको हो ।
म्होत्सवमा स्याङ्जा डान्स आइडल सिजन थ्री, लोक भजनगीत, रत्यौलीगीत तथा विद्यालय स्तरीय नृत्यलगायतका प्रतियोगितात्मक कार्यक्रमहरुको साथमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति महोत्सवका आकर्षणहरु रहेका छन् । राष्ट्रिय कलाकारहरुकासाथै स्थानीय प्रतिभाका प्रस्तुति हेर्न पाइने भएपछि आम नागरिकहरुमा पनि सकारात्मक प्रभाव पारेको अनुमान गर्न सकिन्छ ।


शुक्रबार स्थानीय प्रतियोगितात्मक कार्यक्रमकोसाथमा नियमित कार्यक्रम अनुसार राष्ट्रिय कलाकारहरुका प्रस्तुतिले दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेको उनिहरुको उत्साहले देखाएको छ । हरेक प्रस्तुतिमा दर्शकहरु स्वतः स्फूर्तरुपमा नाच्ने, ताली बजाउने र हुटिङ गर्ने जस्ता उत्साहजनक गतिविधीले महोत्सवलाई थप उर्जा प्रदान गरेको देखिन्छ ।
राष्ट्रिय कलाकार बद्रि पङ्गेनीको रुवाउने देखि रमाउनेसम्मका गीति प्रस्तुतिले मन्त्रमुग्ध पार्नुकासाथै उनको सांङ्गीतिक माहौलले दर्शकहरुलाई नचाएको थियो ।
यसैगरी ,रामजी पौडेल, तुलसा जिसी, सरस्वती लामिछाने, बालकृष्ण वाग्ले र पप आधुतिक गायिका एञ्जिला रेग्मीकोले दर्शकदीर्घालाई थप मनोरञ्जन प्रदान गरेको थियो । देश विदेशमा चर्चित कलाकार धुर्मुस सुन्तलीको हास्य खुराँकमा दर्शकहरुमा थप रोचकता ल्याएको थियो । यस्तै पछिल्लो समयकि चर्चित डान्सर अस्मिता रनपाल, रोशन बिसी र दिपेस एसकेले नृत्यको स्वाद दिलाएका थिए ।
यस्तै भोलि शनिबार स्थानीय प्रतियोगितात्मक कार्यक्रमकोसाथमा धेरै राष्टिय कलाकारहरु वालिङ आउँदैछन् । महोत्सवमा अहिलेसम्मकै सबैभन्दा धेरै कलाकारहरुको प्रस्तुति रहने शनिवार दर्शकको उल्लेख्य सहभागिता रहने वालिङ उद्योग बाण्ज्यि संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP