वालिङ महोत्सव पाँचौ दिन सोमबार पनि दर्शकहरुको घुँईचो ।
वालिङ :
वालिङमा सञ्चालित आठौँ वालिङ महोत्सवमा आईतबार अर्थात महोत्सवको पाँचौ दिन दर्शकहरुको राम्रो सहभागिता रहेको छ । वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाद्धारा आयोजित आठौँ वालिङ महोत्सवमा हरेक दिन दर्शकहरुको भीडभाड उत्तिकै देखिएको छ । “हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने नाराका साथ आयोजित महोत्सवमा दर्शकहरुको राम्रो सहभागिता रहेको हो । सोमबार मौसमले पनि साथ दिएको थियो ।
महोत्सवमा पाँचौ दिन सम्म आईपुग्दा हरेक दिन दर्शकहरुको भीडभाड उत्तिकै देखिएको भन्दै महोत्सव आयोजक मुल समितिका संयोजक चेतनारायण श्रेष्ठले भन्नुभयो, “महोत्सवको पाँचौ दिनसम्म आईपुग्दा महोत्सव सफलतातर्फ उन्मुख भएको देखिएको छ ।
महोत्सव सफल पार्न यहाँका व्यापारी व्यवसायी तथा आम सर्वसाधारण र सरोकारवालाको महत्वपुर्ण भुमिका रहेको भन्दै महोत्सवमा राखिएको स्थानीय उत्पादन तथा कृषि स्टलहरुमा पनि दर्शकले निकै चासो राख्नुभएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
महोत्सवको पाँचौ दिन सोमबार बरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुलीले आफ्नो प्रस्तुति सहित कार्यक्रमको संयोजन गर्नभएको थियो भने राजन कार्की, गायिकाहरु प्रिती आले, कृष्णा गुरुङ, समीक्षा अधिकारी, सपना रोका, तारा पौडेल, गायक धनबहादुर गुरुङ, राजु केसी, पलसिंह ठकुरीको प्रस्तुतिले महोत्सवको माहोललाई निकै रोमाञ्चक प्रदान गरेको थियो । त्यस्तै स्याङ्जा वालिङकी मोडल तथा नृत्यकार जुनु सुन्धौलीको समेत प्रस्तुतिले दर्शक निकै उत्साहित बनेका थिए ।

त्यस्तै भोली मंगरबार पछिल्लो समय धेरै युवाहरुको माँझमा लोकप्रिय गायिका एलिना चौहानको प्रस्तुति रहनेछ भने खुमन अधिकारी, जिवन दहाल, शंकर विरही गुरुङ, सुमन थापा, रितु शाहि, मुक्त खवास, सन्दिप बस्याल, सुरज श्रेष्ठको प्रस्तुति रहनेछ भने नृत्यकार सलिना थापाको समेत प्रस्तुति रहनेछ ।
दैनिक प्रतियोगितात्मक प्रस्तुति अन्र्तगत स्याङ्जा डान्स आईडल, विद्यालयस्तरीय नृत्य, रत्यौली गित र लोक भजन प्रतियोगितामा विभिन्न प्रतियोगिहरुले आफ्ना एकल तथा सामुहिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


