वालिङ महोत्सव : चौथो दिन दर्शकको उल्लेख्य सहभागिता ।
वालिङ :
वालिङमा सञ्चालित आठौँ वालिङ महोत्सवमा आईतबार अर्थात महोत्सवको चौँथो दिन दर्शकहरुको राम्रो सहभागिता रहेको छ । वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाद्धारा आयोजित आठौँ वालिङ महोत्सवमा हरेक दिन दर्शकहरुको भीडभाड उत्तिकै देखिएको छ । “हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने नाराका साथ आयोजित महोत्सवमा प्रतिकुल मौसमका बावजुद दर्शकहरुको राम्रो सहभागिता रहेको हो ।
२०६३ सालदेखि संघले हरेक दुई वर्षको अन्तरमा आयोजना गर्दै आएको वालिङ महोत्सव यसपटक भने कोभिडका कारण ५ वर्षको अन्तरालमा सञ्चालन गरिएको हो । धेरै वर्षको अन्तरालमा गरिएकाले पनि हरेक दिन दर्शकहरुको सहभागिता उत्साहजनक नै रहेको आठौँ वालिङ महोत्सवका निर्देशक शोभाकान्त पौडेलले बताउनुभयो ।

वालिङ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष समेत रहनुभएका पौडेलले भन्नुभयो, “वालिङ महोत्सव चौँथो दिनसम्म आईपुग्दा अत्यन्तै सकरात्मक देखिएको छ । निकै लामो विवाद र छलफलका बाबजुद जनसागरका बीच महोत्सवको भव्य उद्दघाटन सम्पन्न भो, मौसमको च्यालेन्सलाई कुनै प्रवाह नगरी दर्शकहरुले धेरै माया र सहयोग गर्नुभएको छ ।”
महोत्सवको चौँथो दिन आईतबार राष्ट्रिय कलाकारहरु प्रजापति पराजुली, श्याम राना, मन्जु विक, संगिता पौडेल, नेत्र खड्का, तारा पौडेल, टंक डुम्रे, घनश्याम रिजाल, राजेश भण्डारी, जगत गौडेलसहित स्थानीय कलाकारको प्रस्तुतिले दर्शहरुलाई मनोरञ्जित बनाएको थियो भने सुगम संगीतर्फ सन्दीप बस्यालको प्रस्तुति रहेको थियो भने त्यस्तै गरी शान्ति कार्की, पोख्रेली माग्ने धुर्मुसको हास्य प्रस्तुतिले दर्शकलाई थप मनोरञ्जन प्रदान गरेको थियो ।
दैनिक प्रतियोगितात्मक प्रस्तुतिमा स्याङ्जा डान्स आईडल सिजन ३ को अडिजन राउण्डबाट छनोट भएका दुई जनाले आफ्नो प्रस्तुति राखेका थिए भने विद्यालयस्तरीय नृत्यमा वालिङ बहुमुखी क्याम्पस र भुपू सैनिक आवासीय मावि वालिङको रहेको थियो । त्यस्तै लोक भजन प्रतियोगितामा १ एक समूह र रत्यौली गीत प्रतियोगितामा दुई समूहले आफ्नो प्रस्तुति राखेका थिए ।
यसैगरी भोलि सोमबार बरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुलीले आफ्नो प्रस्तुति सहित कार्यक्रमको संयोजन गर्नुहुनेछ । साथमा राजन कार्की, गायिकाहरु प्रिती आले, कृष्णा गुरुङ, समीक्षा अधिकारी, सपना रोका, तारा पौडेल, गायक धनबहादुर गुरुङ, राजु केसी, पलसिंह ठकुरीको प्रस्तुति रहनेछ । त्यस्तै स्याङ्जा वालिङकी मोडल तथा नृत्यकार जुनु सुन्धौलीको समेत प्रस्तुति रहनेछ ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


