वालिङ महोत्सव आजबाट, तयारी पुरा ।
वालिङ :
वालिङ महोत्सव आज (बिहिबार) बाट शुरु हुँदैछ । “हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचना” भन्ने मुल नाराका साथ आयोजित महोत्सवकाे तयारी पुरा भएको आयोजकले बताएकाछन् ।
वालिङ उद्योग बाणिज्य संघ र वालिङ नगरपालिकाको आयोजनामा हुन लागेको महोत्सवमा बाँकी भएका कामहरु आज सकिने संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवका लागि व्यापारीहरु वालिङ आईसेककाछन् भने स्थानिय कृषि उत्पादन महोत्सव स्थलमा ल्याईएको छ ।
महोत्सव अपाङ्गमैत्री बनाईएको छ । ७० बर्ष पुरा गरेका बृद्धबृद्धालाई निशुल्क प्रवेश दिईने आयोजकले जनाएकाछन् । विद्यार्थीका लागि विशेष छुट दिईएको छ ।
महोत्सवको आज दिउसो गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुभारम्भ गर्नुहुने भएको छ ।
महोत्सवमा १४ वडाका १ समुहका दरले रत्यौली गित प्रतियोगिता हुने र ठुलो वडाबाट दुई समुह पनि हुन सक्ने भन्दै नगरमा रहेका आमा समुह, विभिन्न जातिय तथा धार्मिक संघसंगठनहरुले आ–आफ्नो भेषभुषासहितको ¥याली तथा झाँकी प्रर्दशनी गरिने छ । महोत्सवका लागि बजार पनि झिलिमिली बनाईएको छ ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


