वालिङ महोत्सव आजबाट, तयारी पुरा ।
वालिङ :
वालिङ महोत्सव आज (बिहिबार) बाट शुरु हुँदैछ । “हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचना” भन्ने मुल नाराका साथ आयोजित महोत्सवकाे तयारी पुरा भएको आयोजकले बताएकाछन् ।
वालिङ उद्योग बाणिज्य संघ र वालिङ नगरपालिकाको आयोजनामा हुन लागेको महोत्सवमा बाँकी भएका कामहरु आज सकिने संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवका लागि व्यापारीहरु वालिङ आईसेककाछन् भने स्थानिय कृषि उत्पादन महोत्सव स्थलमा ल्याईएको छ ।
महोत्सव अपाङ्गमैत्री बनाईएको छ । ७० बर्ष पुरा गरेका बृद्धबृद्धालाई निशुल्क प्रवेश दिईने आयोजकले जनाएकाछन् । विद्यार्थीका लागि विशेष छुट दिईएको छ ।
महोत्सवको आज दिउसो गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुभारम्भ गर्नुहुने भएको छ ।
महोत्सवमा १४ वडाका १ समुहका दरले रत्यौली गित प्रतियोगिता हुने र ठुलो वडाबाट दुई समुह पनि हुन सक्ने भन्दै नगरमा रहेका आमा समुह, विभिन्न जातिय तथा धार्मिक संघसंगठनहरुले आ–आफ्नो भेषभुषासहितको ¥याली तथा झाँकी प्रर्दशनी गरिने छ । महोत्सवका लागि बजार पनि झिलिमिली बनाईएको छ ।

समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


