ऐतिहासिक बन्यो वालिङ महोत्सव-अत्यधिक भिडले प्रवेश नपाएरै फर्किए दर्शक,आयोजकलाई व्यवस्थापन गर्न समस्या ।
वालिङ
स्याङ्जाको वालिङमा जारी आठौँ वालिङ महोत्सवमा दर्शको उत्साहजनक सहभागिता रह्यो । “हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने नाराका साथ आयोजित महोत्वसको दशौँ दिन टिकट काउन्टरमै आयोजकलाई व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो । महोत्सव प्रवेश स्थल मुल गेटमा निकै लामो लाईन र प्रतिक्षापछि दर्शकहरु महोत्सव स्थलमा प्रवेश गरेका थिए कतिपय दर्शक भित्र प्रवेश गर्न नसकेपछि घर तर्फ लागेका थिए ।
वालिङ महोत्सवको प्रवेशद्वार देखि स्टेजसम्म नै दर्शकको अत्यधिक घुँईचो थियो जसका कारण आयोजकलाई व्यवस्थापनमा समस्या भएको थियो । गाउँगाउँबाट आएका दर्शकहरु जति घुँईचो भएपनि कोई गितसंगितमा रमाईरहेका थिए भने कोही खेल्नमा नै झुमिरहेका थिए । धेरै दर्शकहरु भने किनमेलमा नै व्यस्त देखिन्थे ।
दर्शकको भिडले गण्डकी प्रदेशमा नै रेकर्ड तोडेको अध्यक्ष चेतनारायण श्रेष्ठले बताउनु भयो । यती धेरै दर्शक प्रदेशका कुनैपनि महोत्सवमा एकैपटक गएको मैले देखेको छैन् ,यो नै पहिलो हो उहाँले थप्नु भयो ।
आज शनिबार तथा महोत्सवको अघिल्लो दिन भएकाले पनि महोत्सवमा किनमेल गर्न र बालउद्यानमा रमाउनका लागी उत्तिकै मानिसहरु महोत्सव पुगेका थिए । महोत्सवको भोली समापन गरिँदैछ ।

महोत्सवको उद्दघाटन दिन माघ १८ गतेबाट नै दर्शकको उल्लेख्य सहभागिता रहँदै आएको छ ।
शनिबार राष्ट्रिय चर्चित गायकहरु राम्जी खांण, राजु गुरुङ, दुर्गेश थापा, पार्वति गुरुङ, अर्जुन गैह्र्रे, नेत्र खड्काको प्रस्तुति रहेको थियो भने दिनेश काफ्लेको हस्या प्रस्तुतिले दर्शकले निकै मनोरञ्जन लिएका थिए । त्यस्तै सुगमसंगितमा रवि रिमाल, सन्तोष बस्यालयको प्रस्तुति रहेका थियो भने नृत्यकार अस्मिता रनपालको नृत्यलाई समेत दर्शकले निकै साथ दिएका थिए । त्यस्तै लक्ष्य व्याण्डको लाईभ कम्र्सट समेत रहेको थियो ।
२०५४ सालमा स्थापना भएको वालिङ उद्योग वाणिज्य संघले २०६३ सालबाट वालिङ महोत्सव आयोजना गर्दै आएको हो । हरेक दुई वर्षमा गरिँदै आईएको महोत्सव विगत ५ वर्षदेखि आयोजना गरिएको थिएन । कोभिड १९ का कारण ५ वर्षको अन्तरालमा गरिएको महोत्सव हेर्न दर्शकहरु निकै उत्साहका साथ हरेक दिन आईरहेका छन् ।
म्होत्सव समापनका दिन अर्थात आईतबार शिव हमाल, कृष्ण अखेली, सविना गुरुङ, चेतन गोतामे, मदन परियार र राम तिवारीको प्रस्तुति रहनेछ भने सगुन थापाको नृत्य रहने आयोजकको भनाई छ ।



समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


