स्याङ्जाकाे आँधीखोलामा बृहत् साहित्य सम्मेलन
स्याङ्जा :
आँधीखोला गाउँपालिका-५ फापरथुममा बृहत् साहित्य सम्मेलन गरिएको छ । आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठानले यहाँ दुई दिने बृहत् साहित्य सम्मेलन गरेको हो ।
गोष्ठीमा देशभरबाट १५० भन्दा बढी साहित्यिक सर्जकको सहभागिता थियो । सम्मेलनमा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले पैसा हुनेहरू साहित्यमा लाग्ने लोभ जाग्नुलाई साहित्यप्रतिको आकर्षण भएपनि निरन्तर लागिरहने स्रष्टाप्रति अपमान भएको बताउनुभयो ।
सम्मेलनमा प्रा.डा. कपिल लामिछाने, शेखर अर्याल, डा पुष्करराज भट्ट, भावकेसर बराल, सूर्यप्रसाद डुम्रे, रमेश सुवेदी, सुशीला सापकोटा, शुभ शर्मा, दिव्य गिरी, इन्दिरा देवकोटा, कात्यायन, शान्ता तिम्सिना, दीपक लोहनी, सत्या अधिकारी, मन्दिरा मधुश्री, तुलसी पण्डित, मधुसूदन प्रसाद घिमिरे, रामकुमार पण्डित, लोकनाथ पुडासैनी, डा छायादत्त न्यौपाने, डा सीता सुवेदी पन्थी, देवीप्रसाद वनवासी, विश्वप्रेम अधिकारी, डा. कृष्ण न्यौपाने, शम्भुप्रसाद कोइराला, प्राध्यापक हुमकान्त पाण्डे, मिलन समीर लगायतका चार दर्जन साहित्यकारले लघुकथा, कविता, हाइकु, गजल प्रस्तुत गर्नुभयो ।
सम्मेलनमा ‘अबको साहित्य कस्तो हुनुपर्छ ?’, ‘नारीलाई सिर्जनामा कलम चलाउन पुरुषलाई भन्दा के फरक छ ?’, ‘स्याङ्जाको लघुकथाको अवस्था के कस्तो छ ?’, ‘साहित्यमा केन्द्र र मोफसलको के भिन्नता छ ?’, ‘साहित्य र संस्कृतिको विकासमा स्थानीय तहको के भूमिका हुन्छ ?’, ‘अबको साहित्य सिर्जनामा प्रविधिको के भूमिका हुनसक्छ ?’ भन्ने शीर्षकमा साहित्यिक बहस गरिएको थियो ।
बहस सत्रमा प्रा.डा. लालुप्रसाद पौड्यालले सात वटा विषयवस्तुको उठान गर्नुले समग्र कार्यक्रमलाई सार्थक बनाएको विचार व्यक्त गर्नुभयो । गोष्ठीमा संस्थाका संरक्षक पूर्व मन्त्री त्रिलोचन ढकालले स्थापना गरेको आनन्दमणि टुल्की नन्दकला साहित्यिक पुरस्कारले प्रा.डा. जगदीशचन्द्र भण्डारीलाई सम्मान गरिएको हो ।
डा. भण्डारीलाई ताम्रपत्र सहित दोसल्ला ओढाएर पच्चीस हजार रुपियाँ प्रदान गरिएको हो भने डा महेश्वर शर्मा र डा. पुष्करराज भट्टलाई सम्मान गरिएको हो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


