स्याङ्जामा फागुन १३ देखी दादुरा रुवेला खोप अभियान ।
वालिङ :
स्याङ्जामा फागुन १३ गतेदेखी दादुरा रुवेला खोप शुरु हुने भएको छ । स्वास्थ्य कार्यालय स्याङ्जाले आयोजना गरेको खोप समन्वय समिति, संचारकर्मी र सरोकारवालाहरु सगँको अन्तरक्रिया एंव छलफलमा दादुरा रुवेला खोप फागुन १३ गतेदेखी शुरु हुने जनाएको हो । फागुन १३ गतेदेखी शुरु हुने दादुरा रुवेला खोप चैत्र ७ गतेसम्म संचालन हुने स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । ९ महिनादेखी ५ बर्ष मुनीका बालवालिकाहरु र ९ महिना देखी १५ बर्षमुनीका बालवालिकाहरु यो खोपमा सहभागी हुने स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशप्रसाद चापागाईले जानकारी दिए ।
स्याङ्जामा झण्डै १६ हजार बालवालिकाले उक्त खोप लगाउने चापागाईले बताए । नियमित खोप लगाउन छुटेका बालवालिकाले नजिकैको खोप केन्द्रमा खोप लगाउन उनले आग्रह गरेका छन् । ११ ओटै पालिकामा डाक्टर सहितको टोली खोपमा खटिने गरी तयारी गरिएको उनले बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति श्रीप्रसाद जिटीले यो महान अभियानमा सबैले सहयोग गर्न आग्रह गरे । जिल्ला समन्वय उपप्रमुख खड्काराज सुवेदी, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल लगायतका बक्ताहरुले खोपबाट जिल्लामा कुनै बालवालिकाहरु छुट्न नहुने बताएका थिए ।
लामो समय ज्वरो आउनु र शरीरमा राता बिमिरा देखा पर्नु दादुरा र रुवेदा रोगका मुख्य लक्षण हुन् । नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा राता हुने, आँखा पाक्ने जस्ता रुघा खोकीका लक्षण रहेकाले तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क राख्न समेत चिकित्सकहरुले सुझाव दिएका छन् ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


