प्रथम सन्तोष थापा स्मृति कप भलिबल : स्याङ्जा फाइनलमा
स्याङ्जा :
स्याङ्जा प्रथम सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ । चापाकोट नगरपालिका ९ सुन्तलीटारमा भएको पहिलो सेमिफाइनल खेलमा स्याङ्जाले नवलपुरलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
स्याङ्जाले २५–१९, २५–१९, १५–२५, १९–२५ र १३–१५ अङ्कले पराजित गरेको हो । पहिलो र दोस्रो सेट गुमाएको स्याङ्जाले खेलमा फर्कँदै लगातार तीन सेट जित्दै उपाधि नजिक पुगेको हो ।
चापाकोट उद्योग वाणिज्य सङ्घको आयोजना र नगरखेलकुद विकास समितिको समन्वयमा प्रतियोगिता गरिएको हो । प्रतियोगितामा विजेताले, एक लाख ५० हजार, उपविजेताले एक लाख र तेस्रो ५० हजार नगद प्राप्त गर्ने खेल संयोजक राजन दर्लामी मगरले बताउनुभयो ।
विभागीय खेलाडी विजय थापा, महेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशका क्याप्टेन हरि पाण्डे सहितका खेलाडी लिएर स्याङ्जा मैदानमा आएको थियो भने नवलपुर गण्डकी प्रदेशका नियमित खेलाडी सरोज बर्देवाको नेतृत्वमा खेलेको थियो ।
जिल्लाको सर्वाधिक राशिको प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाईकर, ब्लकर, सेटर, डिफेन्सर, सर्भरले समेतले पुरस्कार पाउने छन् । चापाकोट २ घर भएका गण्डकी प्रदेशका उदीयमान खेलाडी सन्तोष थापाको कार्तिक २७ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो ।
थापाकै स्मृतिमा दोस्रो चापाकोट महोत्सवको अवसरमा प्रतियोगिता गरिएको हो । आइतबार चल्ने प्रतिगोयतामा गण्डकीका पर्वत, नवलपुर, कास्की, तनहुँ, स्याङ्जा, बागलुङ तथा लुम्बिनी प्रदेशको पाल्पाको सहभागिता रहेको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


