प्रथम सन्तोष थापा स्मृति कप भलिबल : स्याङ्जा फाइनलमा
स्याङ्जा :
स्याङ्जा प्रथम सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ । चापाकोट नगरपालिका ९ सुन्तलीटारमा भएको पहिलो सेमिफाइनल खेलमा स्याङ्जाले नवलपुरलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
स्याङ्जाले २५–१९, २५–१९, १५–२५, १९–२५ र १३–१५ अङ्कले पराजित गरेको हो । पहिलो र दोस्रो सेट गुमाएको स्याङ्जाले खेलमा फर्कँदै लगातार तीन सेट जित्दै उपाधि नजिक पुगेको हो ।
चापाकोट उद्योग वाणिज्य सङ्घको आयोजना र नगरखेलकुद विकास समितिको समन्वयमा प्रतियोगिता गरिएको हो । प्रतियोगितामा विजेताले, एक लाख ५० हजार, उपविजेताले एक लाख र तेस्रो ५० हजार नगद प्राप्त गर्ने खेल संयोजक राजन दर्लामी मगरले बताउनुभयो ।
विभागीय खेलाडी विजय थापा, महेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशका क्याप्टेन हरि पाण्डे सहितका खेलाडी लिएर स्याङ्जा मैदानमा आएको थियो भने नवलपुर गण्डकी प्रदेशका नियमित खेलाडी सरोज बर्देवाको नेतृत्वमा खेलेको थियो ।
जिल्लाको सर्वाधिक राशिको प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाईकर, ब्लकर, सेटर, डिफेन्सर, सर्भरले समेतले पुरस्कार पाउने छन् । चापाकोट २ घर भएका गण्डकी प्रदेशका उदीयमान खेलाडी सन्तोष थापाको कार्तिक २७ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो ।
थापाकै स्मृतिमा दोस्रो चापाकोट महोत्सवको अवसरमा प्रतियोगिता गरिएको हो । आइतबार चल्ने प्रतिगोयतामा गण्डकीका पर्वत, नवलपुर, कास्की, तनहुँ, स्याङ्जा, बागलुङ तथा लुम्बिनी प्रदेशको पाल्पाको सहभागिता रहेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


