चापाकोटमा स्व. सन्तोष थापा स्मृतिकप २०८० सुरु
वालिङ :
स्याङ्जाको चापाकोटमा स्वर्गीय सन्तोष थापा स्मृतिकप २०८० समुद्घाटन गरिएको छ । दोस्रो चापाकोट महोत्सवमा राष्ट्रिय खेलाडीहरुको सहभागितामा स्वर्गीय सन्तोष थापा स्मृतिकप भलिबल प्रतियोगिता २०८० सुरु भएकाे हो ।
प्रतियोगिताको सुभारम्भ गर्दै चापाकोट नगर प्रमुख देवबहादुर खाँण इश्वरले स्वर्गीय थापाको सम्मानसँगै राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुगोस भनेर सञ्चालन गरिएको बताउनुभयो । उहाँले खेलको माध्यमबाट युवाहरुको व्यक्तित्व विकास हुनुकासाथै राष्ट्रलाई नै योगदान पु¥याउने खेलाडी उत्पादनमा यस्ता प्रतियोगिताले अहम भूमिका खेल्ने औंल्याउनुभयो ।
चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा भएको प्रतियोगिताको चापाकोट नगर खेलकुद समितिको व्यवस्थापन र गण्डकी प्रदेश भलिबल संघसँगको समन्वयमा सञ्चालन गरिएको हो । यसकासाथै चापाकोट नगरपालिका संरक्षक रहेको खेल संयोजक राजन दर्लामीले बताउनुभयो ।
चापाकोट नगरपालिका वडा नम्वर २ धुर्कोटका स्वर्गीय थापाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो । स्वर्गीय थापाको मृत्यु भएको ४५ दिन पुगेको अवसर पारेर खुला भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । स्वर्गीय थापा गण्डकी प्रदेशकै होनहार भलिबल खेलाडी थिए । स्वर्गीय थापाको स्मृतिमा सञ्चालन गरिएको प्रतियोगितामा चापाकोटमै पहिलो पटक राष्ट्रिय खेलाडीहरुको सहभागिता रहेको छ । गण्डकी र लुम्विनी प्रदेशका सात जिल्लाका सात टीमको सहभागिता रहेको छ भने उद्घाटनका दिन पाल्पा र पर्वतकाबीच मैत्रीपूर्ण खेल खेलाइएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टीमले क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीलाई रु ५ हजारकासाथै बिभिन्न ६ वटा विधाका उत्कृष्ट खेलाडीलाई जनही ३ हजार नगदसहित ट्रफीले पुरस्कृत गरिने छ ।
आज समुद्घान गरिएको प्रतियोगिता १३ गते महोत्सव समापनका दिन सम्पन्न गरिने आयोजकले जनाएको छ ।
समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


