महिलाहरुका लागि निशुल्क लोकसेवा तयारी कक्षा
स्याङ्जा :
सामाजिक विकास कार्यालय स्याङ्जाले २० दिने लोक सेवा तयारी कक्षा सम्पन्न गरेको छ । महिलाहरुलाई लक्षित गर्दै पुतलीबजारमा निशुल्क तयारी कक्षा संचालन गरेको हो ।
समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख खडगराज सुवेदीले तालिमको सही सदुपयोग गर्दै स्वदेशमै बसेर निजामति सेवामा लाग्न सहभागीलाई सुझाव दिनुभयो । मानिसलाई कर्मले ठूलो बनाउने बताउदै उहाले लक्ष्य सहितको अध्ययन गरेमा सफलता मिल्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित निर्देशनालयका निर्देशक इश्वरीप्रसाद रेग्मी, करदाता सेवा कार्यालय प्रमुख एवं प्रशिक्षक विजय भुषाल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
यसैगरी, सोही कार्यक्रममा प्रशिक्षार्थी सम्झना पुरी, सबिना रेग्मी, शुशिला रेग्मी, अस्मिता ढकालले तयारी कक्षाको अनुभव सहित आफना उदेश्यका बारेमा जानकारी गराउनु भएको थियो ।
सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख शोभाचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रशिक्षार्थी गायत्री ढकालले गर्नुभएको थियो ।
तालिममा पुतलीबजार नगरपालिका सहित आँधीखोला, अर्जुनचौपारी, विरुवा, हरिनास गाउँपालिकाकागरी २५ जनाको सहभागिता थियो । बिभिन्न सेवा र समूहलाई लक्षित गर्दै उपलब्ध सो तालिममा अनुभवी एवं विषयतगत प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


