‘पुतलीबजारलाई भ्रष्टाचार मुक्तपालिका बनाउनेछु’ नगरप्रमुख रेग्मी
स्याङ्जा :
पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले नगरपालिकालाई भ्रष्टाचार मुक्त पालिका बनाउने प्रतिवद्धता जनाउनु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको आयोजना तथा पुतलीबजार नगरपालिकाको समन्वयमा बुधवार यहाँ आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्दन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाले भन्नुभयोे, ‘मैले गल्ती गरेछु भने मै बाट कारवाही सुरु गरियोस् ।’
कसैको दवाव र प्रभावमा परेर गलत कार्य नगर्न सहभागी सुझाव दिदै उहाले आफुले पनि भ्रष्टाचार नगर्ने र अरुले गरेको पनि सहन नहुनेमा जोड दिनुभयो । जनप्रतिनिधि, कर्मचारी, प्रधानाध्यापक, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सहभागी रहेको सो कार्यक्रममा लेखाका कर्मचारीले सार्वजनिक खरिद ऐन र शुसासन ऐनको पालना गर्दै काम अघि बढाउन सुझाव दिनुभयो ।
बिद्यार्थीका लागि संघ सरकारले उपलब्ध गराएको १५ रुपैंया र नगरपालिकाले थप गरेको १० रुपैंयाबाट खाजा खुवाउन समेत आग्रह गर्नुभयो । जनप्रतिनिधीलाई पनि उहाले छिमेकी र आफन्त भन्दै नियम विपरित शिफारिस तथा काम नगर्न उहाले सुझाउनुभयो ।
बिगतमा गलत काम भएका भए ती कामलाई सुधारगरी अघि बढ्ने प्रतिवद्धता जनाउदै नगरप्रमुख रेग्मीले सहभागीलाई पनि नागरिक र सुशासन मैत्री, स्थानीय पालिका बनाउन सहयोग गर्न आग्रह गर्नुभयोे ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलालले स्थानीय कानून र ऐन बमोजिमका कार्य गरेमा पालिका भ्रष्टाचार मुक्त बनाउने सकिने बताउनुभयो । यसतर्फ सबै नगरबासी, कर्मचारी र जनप्रतिनिधीले नियमानुसारका काम र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा निवर्ततमान नगर प्रवक्ता ख्यामनारायण अधिकारीले अख्तियार दुरुपयोग सम्बन्धका बारेमा स्थानीय तहसम्म प्रशिक्षण दिनु पर्ने बताउनुभयो ।
सोही कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका प्रमुख अस्मान तामाङ्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम, कर्तब्य, अधिकार र हाल अख्तियारले गर्दे आएका कार्यका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
उहाले गण्डकी प्रदेश अन्र्तगतका ११ जिल्लामा गत आर्थिक बर्षमा ४ सय ६२ र चालुबर्ष ६ सय ५० गरी १ हजार ११२ वटा उजुरी परेको र ती मध्ये ६ सय १४ उजुरी फस्र्योट भई ४ सय ९८ वटा बाँकी रहेको जानकारी गराउनुभयो ।
यसैगरी, स्याङ्जाका ११ पालिकामा गतबर्ष ३५ र चालुबर्ष ४३ गरी ७८ वटा उजुरी मध्ये ४० वटा फस्र्योट भई ३८ बाँकी रहेको र कार्यान्वयनमा प्रक्रियामा रहेको प्रादेशिक अख्तियार प्रमुख तामाङ्को भनाई थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


