फेदीखोलाका नागरिकको घरमा नै स्वास्थ्य (ल्याव) परीक्षण गरिदै ।
स्याङ्जा :
फेदीखोला गाउँपालिकाले नागरिकको सरल र सहज स्वास्थ्य पहुँचको लागि टोल–टोलमा ल्याब सेवा ल्याएको छ । मोबाइल र सफ्टवेरको प्रयोगबाट कुनै व्यक्तिको बढीमा २० मिनटमा २५ प्रकारका स्वास्थ्य परीक्षण गर्न सकिने छ ।
प्राथमिक स्वास्थ्य स्क्रिनिङ (जीवन सूचक, ल्याब ईन ब्याग) कार्यकम यहाँ वडा नं २ गैरिश्ववारा निवासी राम बहादुर सुनारको विभिन्न स्वास्थ्य परीक्षण गरी प्राप्त रिपोर्ट हस्तान्तरण गरेर सुरुवात गरिएको हो ।
ल्याब इन ए ब्याग कार्यक्रम हरेक नागरिकको घरदैलोमै पुगेर इसिजी, पल्स रेट, स्वासप्रस्वास दर, अक्सिजन सेचुचन, सुगरको मात्रा, युरिया क्रिटानाइन लगायतका २७
प्रकारका परिक्षण गर्ने र तत्काल ल्याब नतिजा हातमै उपलब्ध गराउने इजरायली प्रविधिको जाँच गर्ने सुविधा हो । यसअघि काठमाडौं महानरपालिका साथै स्याङ्जाको काली गण्डकीमा छ महिना पहिलाबाट सुरु भएको प्रविधिको सेवा हो ।
विगतमा घर घरममा पुगेर जेष्ठ नागरिक सेवा, सुत्केरी स्याहार गरेको फेदीखोलाले थप सेवा सहित टोल टोलमा ल्याब सेवा अगाडी बढाएको हो । पालिकाका तालिम प्राप्त स्वास्थ्यकर्मीहरू टोल टोलमा पुगि नागरिकको स्वास्थ्य जाँच र तत्काल ल्याब नतिजा दिने कार्यबाट गाउपालिकाका नागरिकको स्वास्थ्य उपचारमा टेवा पुग्ने विश्वास लिएको छ ।
यस्तै, इजरायली प्रविधीको ल्याब इन ए ब्यागले अज्ञानताका कारण बढ्ने रोगको कमी आउने अपेक्षा पालिकाले गरेको छ । स्वास्थ्य पमुख खिल प्रसाद पौडेलले किटको प्रयोग गरी मोबाइल सफ्वेयरमार्फत् चिनीको मात्रा(मधुमेय) र पिसाबको परिक्षण गर्न सकिने बताउनुभयो । उहाँले ९० सेकेन्ड मोबाइलमा हेरिरहदा मोबाईल एपले ब्लड प्रेसर, हर्ट रेट, कारर्डिक स्टे«स, मुटुको अवस्थाको जानकारी पाउन सकिने बताउनुभयो ।
मोवाइल एफको प्रयोगबाट पिसाबमा हुने विभिन्न १४ प्रकारका प्यारामिटर हेर्ने सकिने बताउँदै दुर दृष्टिको चेक गर्न सकिने तथा मोटोपनाको अवस्था पत्ता लगाउने पौडेलले बताउनुभयो ।

पालिका अध्यक्ष घनश्याम सुबेदीले प्राथमिक स्वास्थ्य परिक्षणपछि तत्काल थर्मल प्रिन्टरबाट रिपोर्ट दिने र अनलाइनमा सुरक्षित रुपमा रहने हुँदा यसलाई ड्यासबोर्ड्बाट प्रत्येक नागरिकको रिपोर्टको डाटा हेर्ने सकिने बताउनुभयो ।
रोग पत्ता लगाएको बिरामीलाई स्वास्थ्यकर्मीले थप सल्लाह सुझाव दिने छन् भने असक्क्त र विपन्न घरपरिवारको नागरिकलाई हस्पिटल जान आवश्यक सहजीकरण गरिने सुबेदीले बताउनुभयो । अहिले एक वटा मात्र उपकरणमार्फत् पालिकाले काम अगाडि बढाएको छ भने भने आगामी आर्थिक वर्षबाट हरेक वडामा एक एक वटा ल्याब झोला बोकेर स्वास्थ्य कर्मी टोल टोलमा जाने छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


