अनिल र भीमको कीर्तिमानी शतकसँगै क्यानडाविरुद्ध नेपालको ‘क्लिन स्विप’ ।
काठमाण्डौ:
अनिल शाह र भीम सार्कीको शतकमा नेपालले सोमबार क्यानडाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल ९ विकेटले जितेको छ ।
२ सय ३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा २ सय ३४ रन बनाएर पुरा गर्दै शृंखला ३–० ले ‘क्लिन स्विप’ गरेको हो । कुशल भुर्तेल १३ रन बनाई पाँचौं ओभरमा आउट भएपछि अनिल र भिमको जोडिले क्यानडाविरुद्ध जमेर ब्याटिङ गरेको थियो ।
अनिल १ सय १२ र भिम १ सय १ रन बनाई अविजित रहे । दुबैको यो पहिलो शतक हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अनिलले १ सय २४ बल खेली १२ चौका र २ छक्का तथा भिमले १ सय २९ बल खेली ११ चौका र १ छक्का प्रहार गरे । यी दुईले दोस्रो विकेटमा १ सय ८९ रनको अविजित साझेदारी गरेका थिए, जुन नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा ठुलो साझेदारी हो । यसअघि कुशल भुर्तेल र आसिफ शेखले अक्टोबरमा जिम्बावेविरुद्ध विश्वकप छनोटमा हरारेमा १ सय ७१ रनको साझेदारी गरेका थिए ।
यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभर खेलि ८ विकेट गुमाई २ सय ३२ रन बनाएको थियो ।
नभनित ढालिवालको अर्धशतक र निखिल दत्तको सानदार इनिङ्समा क्यानडाले सम्मानजनक स्कोर बनाएको थियो । ढालिवाल ठिक ५० रन बनाई आउट भयो । उनले ८२ बल खेली ५ चौका प्रहार गरे । ४८ औं ओभरमा रन आउट भएका दत्तले ६२ बलमा ४५ रन बनाए । उनले २ चौका र १ छक्का प्रहार गरे ।
एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका हेमन्त धामीले आरोन जोन्सनलाई ४ रनमा आउट गरि नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । उनले ३ विकेट लिएर आफ्नो पहिलो खेललाई स्मरणीय बनाए । हेमन्तले ८ ओभरमा ४९ रन खर्चे ।
क्यानडाबाट कप्तान साद बिन जाफर ३१ रन बनाई अविजित रहे । उनले १५ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । श्रीमान्था विजेयरत्ने २८ बलमा २ चौकासहित २२, निकोलास कीर्तन ३, हर्ष ठाकेर ५७ बल खेली २ चौकासहित २९, श्रेयास मोभ्भा २९ बल खेली १ चौका प्रहार गरि २५, डिल्लोन हेलिगर ४ रन बनाई आउट भए ।
नेपालबाट हेमन्तबाहेक कुशल मल्लले २ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ३८ रन खर्चे । ललित राजवंशी र आकाश चन्दले १–१ विकेट लिए ।
नेपालले पहिला खेल ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो । नेपालले बिहीबार देखि सुरु हुने विश्वकप लिग २ को तयारीका लागि क्यानडासँगको शृंखला खेलेको हो । नेपालले लिग २ मा नामिबिया र नेदरल्यान्ड्ससँग २–२ खेल खेल्ने छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


