स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
स्याङ्जा :
स्याङ्जामा विवाहकै दिन एक जोडीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । विवाह पश्चात् घरमा बेहुली भित्र्याउने क्रममा उक्त जोडीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो ।
माघ ११ गते पुतलीबजार नगरपालिका-७ कि १७ वर्षीय किशोरी घरबाट कसैलाई नसोधी हिँडेपछी सम्पर्कबिहिन हुन्छिन् । परिवारको सम्पर्कमा नआएपछि किशोरीकी आमाले सोही दिन प्रहरीमा छोरी हराएको उजुरी दिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
रानाले बालिका हराएको उजुरीको सातौं दिनमा पुतलीबजार नगरपालिका-४ का १८ वर्षीय किशोरसंग बालिकाको बालविवाह हुन लागेको खबर आएको बताए ।
हराएकी बालिका विवाह गर्ने तयारीमा रहेको खबर आएपछि उक्त जोडीबीच बालविवाह भएको हो वा होइन भन्ने विषयको अनुसन्धानमा लागेको प्रहरी टोलीले उक्त जोडी बालबालिका भएको र बालविवाह गरेको प्रमाणित भएसङ्गै उनीहरुलाई नियन्त्रणमा लिइएको डिएसपी रानाले बताए ।
जन्तीसहित बाजा बजाएर केटाको घर नजिकै रहेको शिव मन्दिरबाट तामझामका साथ विवाह गरेर घरमा बेहुली भित्र्याउन केही समय मात्र बाँकी रहँदा जोडीलाई पक्राउ गरिएको डिएसपी रानाले बताए । उनले विवाहमा बालिका पक्षको संलग्नता नरहेपनि बालविवाहमा जन्तीसहित केटा पक्षको संलग्नता रहेको बताए ।
डिएसपी रानाले बालविवाह पुष्टि भएसङ्गै पक्राउ गरिएको जोडीलाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जानकारी दिए । उनले दुईजनाबीच प्रेमपछि विवाह भएको अनुमान गरिएको र आवश्यक अनुसन्धान गरिरहेको बताए ।
डिएसपी रानाले २० वर्ष नपुगी गरेको विवाहलाई कानुनी मान्यता नदिने भएकाले उक्त विवाह बदर हुने बताए । उक्त विवाह गर्ने जोडीलाई मुलुकी अपराधसंहिता,२०७४ अनुसार विवाह कसुरमा कारबाही हुनेछ भने नेपालको कानुनमा २० वर्षभन्दा पहिला विवाह गर्ने जोडीलाई तीन वर्ष जेल र तीस हजार रुपैयाँसम्मको कारबाही हुने उल्लेख गरिएको छ ।
किशोरी ११ कक्षामा अध्ययनरत छन् भने १२ कक्षा अनुत्तीर्ण भएपछि किशोरले टेम्पु चलाउँदै आएका छन् ।
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
६ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…