मगर दिवस : हरिनासमा सार्वजनिक बिदा

वालिङ :
स्याङ्जाको हरिनास गाउँपालिकाले मगर दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहने गाउँपालिकाले जनाइएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माद्वारा शुक्रबार जारी विज्ञप्तीमा मगर दिवसको अवसरमा फागुन १५ गते मङ्गलबार सार्वजानिक बिदा दिईएको उल्लेख गरिएको छ । गाउँपालिकाको फागुन १० गतेको निर्णय अनुसार सार्वजानिक बिदा दिईएको विज्ञप्तीमा उल्लेख गरिएको छ । मगर समुदायको सम्मानका लागि बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरले जानकारी दिनुभयो । विगतका वर्षहरु गाउँपालिकाले मगर दिवसमा सार्वजानिक विदा दिइँदै आएको मानन्धरको भनाई छ ।
गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास रहेको पालिकाले जनाएको छ ।
समाचार
थप सामाग्री
गल्याङमा ५० वटा विउ बंगुर वितरण
१ हप्ता अगाडि
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकामा विउ बंगुरको बच्चा वितरण गरिएको छ । आर्थिक सम्वृद्विका लागि साझेदारी कार्यक्रम अन्तर्गत दुई वटा…