मगर दिवस : हरिनासमा सार्वजनिक बिदा
वालिङ :
स्याङ्जाको हरिनास गाउँपालिकाले मगर दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहने गाउँपालिकाले जनाइएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माद्वारा शुक्रबार जारी विज्ञप्तीमा मगर दिवसको अवसरमा फागुन १५ गते मङ्गलबार सार्वजानिक बिदा दिईएको उल्लेख गरिएको छ । गाउँपालिकाको फागुन १० गतेको निर्णय अनुसार सार्वजानिक बिदा दिईएको विज्ञप्तीमा उल्लेख गरिएको छ । मगर समुदायको सम्मानका लागि बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरले जानकारी दिनुभयो । विगतका वर्षहरु गाउँपालिकाले मगर दिवसमा सार्वजानिक विदा दिइँदै आएको मानन्धरको भनाई छ ।
गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास रहेको पालिकाले जनाएको छ ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


