विद्यार्थीलाई वचत गर्ने वानी पार्न फेदीखोलाले खोलिदियो बैंक खाता
स्याङ्जा :
शैक्षिक गुणस्तर वृद्धिको अग्रसर फेदीखोला गाउँपालिकाले हरेक विद्यार्थीको बचत खाता सञ्चालन अभियान अगाडि बढाएको छ । गाउँपालिकाले प्राइम कर्मसियल बैङ्कले बिच साझेदारी गरेर बचत खाता सञ्चालन कार्यक्रम कार्यान्वयनका निम्ति सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
पालिकाले ल्यापटप र प्रोजेक्टरबाट पढाई, माविमा एक आइटी शिक्षक व्यवस्था, एक शिक्षक एक ल्यापटप, विद्यालय सिसी क्यामेराबाट अनुगमन, गाउँपालिकाबाट हेर्न मिल्ने गरी शिक्षकको इ हाजिरी यस अघि गरी सकेको छ ।
अभियानको फेदिखोलाँ गाउँपालिकामा रहेको सिद्धार्थ माविकी कक्षा ९ की छात्रा सदिच्छा सुबेदीको आमा गीता सुबेदी संरक्षक रहने गरी खाता खोली सुरु गरिएको हो भने एक महिना भित्र सबै विद्यार्थीको खाता खोली सकिने छ ।
विद्यार्थीको संरक्षक आमा गीताले पालिकाले शैक्षिक विकासमा धरै लगानी गरेको बताउँदै यो नयाँ अभियानबाट विद्यार्थीको हितमा काम गरेको बताउनुभयो ।
फेदीखोलाको कामको प्रशंसा गर्नुपर्ने बताउँदै गीताले हरेक पालिकाले शिक्षाको क्षेत्रमा यसै पालिकाको काम हरेर काम गर्नु पर्ने बताउनुभयो ।
पालिका अध्यक्ष घनश्याम सुबेदीले स्कुले जीवनदेखि नै बचत गर्ने वानीको विकास र उद्यमशीलता प्रवर्द्धन कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आर्थिक उपार्जनमा सहभागी गराउन साथै सानो उमेरबाट बचत गर्ने बानी तथा उद्यमशीलताको विकास गराउने उद्देश्यले गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा कार्यक्रमलाई समेटेको थियो ।
बैङ्कले प्रत्येक विद्यालयमा पुगी विद्यार्थीको निःशुल्क खाता खोल्ने छ भने शिशु कक्षा देखि १२ कक्षा सम्मको प्रत्येक विद्यार्थीको खातामा पालिकाले एक सय र बैङ्कले एक सय गरी दुई सय रुपियाँ जम्मा हुनेछ । फेदीखोला गाउँपालिकाको साझेदारीमा विद्यार्थी बचत खाता सञ्चालन कार्यक्रम कार्यविधि २०८०, अनुसार सेवा लिन सकिने उहाँको भनाई थियो । विद्यार्थीको अभिभावकको राेहबार खाता खोल्ने र बचत गरिने बताउँदै सुबेदीले कम्तीमा एक विद्यार्थीको खातामा एक दिनमा एक रुपियाँ कम्तीमा बचत गरिनु पर्ने बताउनुभयो ।
यस्तै गाउँपालिकाले दिने विभिन्न सुविधा, विद्यालयको विभिन्न अक्षयकोष मार्फत विद्यार्थीलाई दिने छात्रवृत्ति, अन्य संघ संस्थाले दिने आर्थिक सहयोग लगायत विभिन्न स्रोतबाट प्राप्त रकम समेत सो खातामा अनिवार्य जम्मा गर्नुपर्ने छ ।
बैकमा जम्मा गरेको रकम विद्यार्थीले झिक्न पाउने छन् भने अन्य विद्यार्थीको हकमा जटिल समस्या परेमा विद्यालयको सिफारिसमा पालिकाको शिक्षा शाखा मार्फत बैकले उपलब्ध गराउने छ । पालिकामा आठ मावि सहित २१ रहेको र विद्यालयमा दुई हजार ५९ विद्यार्थी अध्ययनरत रहेका छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


