वालिङ महोत्सव तथा कृषि मेलामा पुरस्कृत भए उत्कृष्ट कृषकहरु ।
राधाकृष्ण डुम्रे/वालिङ :
स्याङ्जाको वालिङमा सञ्चालन भएको वालिङ महोत्सव तथा कृषि व्यापारमेलामा उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गरिएको छ । मेलामा प्रदर्शनीका लागि कृषकहरुले आआफ्ना उत्पादनहरु ल्याएका थिए । उनीहरुले गरेको उत्पादनका आधारमा कृषकहरुलाई पुरस्कृत गरिएको वालिङ उद्योग बाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
मेलामा एक सय ३७ जना कृषकले आआफ्ना उत्पादनहरु प्रतिस्पर्धाका लागि मेलामा राखेका थिए । जसमा ३१ जना कृषकलाई पुरस्कृत गरिएको छ भने मेलामा सहभागी सवै कृषकलाई सम्मान गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
माघ २३ गतेदेखि २५ गतेसम्म गरिएको कृषि प्रर्दशनीमा तरकारी उत्पादन, फलफूल उत्पादन, नगदेवाली, मसलाबाली र अन्नबाली गरि पाँच विधामा पुरस्कृत गरिएको कृषि प्रदर्शनी प्रतियोगिताका संयोजक पिताम्वर भुसालले जानकारी दिनुभयो ।

मेलामा गरिएको प्रदर्शनीका आधारमा तरकारीबाली तर्फ वालिङ नगरपालिका–५ की भिमा रेग्मी प्रथम हुनु भएको छ यस्तै वालिङ–५ कै हुमनाथ लामिछाने द्धितिय, र वालिङ–१३ की जमुना तिवारी तृतिय हुनुभएको छ ।
त्यस्तै फलफूलतर्फ वालिङ–५ की शुसिला लामिछाने प्रथम, वालिङ–६ की गंगा रेग्मी द्धितिय र वालिङ–६ कै रोमणीप्रसाद रेग्मी तृतिय हुनुभएको छ ।
यस्तै नगदेबालितर्फ वालिङ–१४ का नारायण खाँण प्रथम, वालिङ–११ का थानबहादुर थापा द्धितिय र वालिङ–५ का सन्तोष लामिछाने तृतिय हुनुभएको छ ।
त्यस्तै अन्नबालीतर्फ वालिङ–१ का संजय काफ्ले प्रथम, वालिङ–५ का भीमराज लामिछाने द्धितिय र वालिङ–१ की अम्बिका अर्याल तृतिय हुनुभएको छ ।
त्यस्तै मसलाबालीमा वालिङ–२ का लोकनाथ ढुंगाना प्रथम, वालिङ–५ का हुमनाथ लामिछाने द्धितिय र वालिङ–५ कै गिरधारी लामिछाने तृतिय हुनुभएको छ ।
प्रतियोगितामा १६ जनालाई शान्त्वना पुरस्कार प्रदान गरिएको संयोजक भुसालले बताउनु भयो । पुरस्कृत हुने सबैलाई नगद र प्रमाणपत्रले सम्मान गरिएको हो ।
प्रतियोगितामा काउली, टमाटर, सुन्तला, मेवा, केरा, च्याउ, उँखु, कफि, फापर, मकै, अलैँची, अकबरे खुर्सानी, अदुवालगायत विभिन्न तरकारी, फलफुल, नगदेबाली, अन्नबाली र मसलाबाली प्रर्दशनी गरिएको थियो ।
समाचार
थप सामाग्री-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
१ महिना अगाडि
स्याङ्जा : युगीन विचार, अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रताप्रति प्रतिबद्ध सिर्जनशील नेपाली स्रष्टाहरुको गौरवशाली साझा संस्थाको रूपमा स्थापित नेपाली लेखक संघ…


