वालिङ महोत्सव तथा कृषि मेलामा पुरस्कृत भए उत्कृष्ट कृषकहरु ।
राधाकृष्ण डुम्रे/वालिङ :
स्याङ्जाको वालिङमा सञ्चालन भएको वालिङ महोत्सव तथा कृषि व्यापारमेलामा उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गरिएको छ । मेलामा प्रदर्शनीका लागि कृषकहरुले आआफ्ना उत्पादनहरु ल्याएका थिए । उनीहरुले गरेको उत्पादनका आधारमा कृषकहरुलाई पुरस्कृत गरिएको वालिङ उद्योग बाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
मेलामा एक सय ३७ जना कृषकले आआफ्ना उत्पादनहरु प्रतिस्पर्धाका लागि मेलामा राखेका थिए । जसमा ३१ जना कृषकलाई पुरस्कृत गरिएको छ भने मेलामा सहभागी सवै कृषकलाई सम्मान गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
माघ २३ गतेदेखि २५ गतेसम्म गरिएको कृषि प्रर्दशनीमा तरकारी उत्पादन, फलफूल उत्पादन, नगदेवाली, मसलाबाली र अन्नबाली गरि पाँच विधामा पुरस्कृत गरिएको कृषि प्रदर्शनी प्रतियोगिताका संयोजक पिताम्वर भुसालले जानकारी दिनुभयो ।

मेलामा गरिएको प्रदर्शनीका आधारमा तरकारीबाली तर्फ वालिङ नगरपालिका–५ की भिमा रेग्मी प्रथम हुनु भएको छ यस्तै वालिङ–५ कै हुमनाथ लामिछाने द्धितिय, र वालिङ–१३ की जमुना तिवारी तृतिय हुनुभएको छ ।
त्यस्तै फलफूलतर्फ वालिङ–५ की शुसिला लामिछाने प्रथम, वालिङ–६ की गंगा रेग्मी द्धितिय र वालिङ–६ कै रोमणीप्रसाद रेग्मी तृतिय हुनुभएको छ ।
यस्तै नगदेबालितर्फ वालिङ–१४ का नारायण खाँण प्रथम, वालिङ–११ का थानबहादुर थापा द्धितिय र वालिङ–५ का सन्तोष लामिछाने तृतिय हुनुभएको छ ।
त्यस्तै अन्नबालीतर्फ वालिङ–१ का संजय काफ्ले प्रथम, वालिङ–५ का भीमराज लामिछाने द्धितिय र वालिङ–१ की अम्बिका अर्याल तृतिय हुनुभएको छ ।
त्यस्तै मसलाबालीमा वालिङ–२ का लोकनाथ ढुंगाना प्रथम, वालिङ–५ का हुमनाथ लामिछाने द्धितिय र वालिङ–५ कै गिरधारी लामिछाने तृतिय हुनुभएको छ ।
प्रतियोगितामा १६ जनालाई शान्त्वना पुरस्कार प्रदान गरिएको संयोजक भुसालले बताउनु भयो । पुरस्कृत हुने सबैलाई नगद र प्रमाणपत्रले सम्मान गरिएको हो ।
प्रतियोगितामा काउली, टमाटर, सुन्तला, मेवा, केरा, च्याउ, उँखु, कफि, फापर, मकै, अलैँची, अकबरे खुर्सानी, अदुवालगायत विभिन्न तरकारी, फलफुल, नगदेबाली, अन्नबाली र मसलाबाली प्रर्दशनी गरिएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


