शिक्षालाई प्राथमिकता दिदै गल्याङ, शिक्षाको विकासमा बजेट अभाब हुन दिन्न : मन्त्री गुरुङ

गल्याङ १२,फागुन :
कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले गल्याङ नगरपालिकामा शिक्षा र स्वास्थ्य क्षेत्रमा कुनै बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
शनिबार स्याङजाको गल्याङ नगरपालिकाको आयोजनामा नगर उपप्रमुखसंग शिक्षक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सो कुरा बताउनु भयो ।
उहाँले भन्नु भयो,“सबै भन्दा पहिले गुरुहरुको सम्बोधन गर्नु पर्ने र गुरुको सम्मानले मात्रै शैक्षिक जगतको विकास हुन्छ, विद्यार्थीले राम्रो ज्ञान हासिल गरेको समाज राम्रो हुन्छ । समाज राम्रो भए देश राम्रो हुन्छ ।” उहाँले गल्याङ नगरपालिका शिक्षा क्षेत्रमा राम्रै ढंगले अगाडि बढेको भन्दै यस नगरपालिका भित्र शैक्षिक क्रियाकलाप सञ्चालनका लागि आर्थिक साथ सहयोग गर्ने कुरा बताउनु भयो । यस क्षेत्रको जनप्रतिनिधि भएका कारण यहाँका नागरिकको हरेक समस्यमा केन्द्रित हुनु आफ्नो दायित्व रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो “मन्त्री पद त आउछ जान्छ,तर तपाईं हामी त भोलि मन्त्री नहुदा पनि संगै एकै ठाउँमा रहने हौं ।” उहाँले भन्नु भयो ।


उहाँले भन्नुभयो “सजिलो परेको बेला सम्झिन पर्दैन,जहाँ अप्ठ्यारो पर्छ त्यहाँ मलाई सम्झीहाल्नु,कुनैबेला धनराजको विरुद्धमा लेखेको थिए भनेर सम्पर्क गर्न हिचकिचाहट नगर्नु ।” उहाँले भन्नु भयो “मैले राजनैतिक झण्डा बोलेको आधारमा काखा र पाखा गर्दिन । जुनसुकै आस्था र बिचार भएपनि अप्ठ्यारो परेको समयमा सम्पर्क गर्नुहोला ।” उहाँले भन्नु भयो ।
गल्याङले शिक्षामा आफूलाई अब्बल बनाउदै अगाडि बढ्ेको बताउदै अझै प्रगती गरेर अगाडि बढ्न पनि आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद महेश भट्टराई, गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराई,नेपाली काँग्रेस गल्याङ नगर सभापति श्याम प्रसाद बस्याल, नेकपा एमाले गल्याङ नगरकमिटी सचिव राजेन्द्रदेब खनाल, नेकपा एकिकृत माओवादी गल्याङ नगर कमिटी अध्यक्ष चन्द्र बहादुर राना (चित्र), ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालय एवम राजयोग प्रक्षिण केन्द्र नेपाल उप—शाखा गल्याङका प्रमुख शोभा कुमारी बराल नगर शिक्षा समिति सदस्य घनश्याम भट्टराई लगायतले बोलेका थिए ।


कार्यक्रममा गल्याङ नगरपालिका भित्रका सामुदायिक तथा नीजि विद्यालयका प्रधानाध्यापक तथा शिक्षिकाहरु गरि झण्डै ५०० शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको तालिमको प्रशिक्षण बि.के रमन भट्टराईले गर्नु भएको थियो ।
गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपनेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य गल्याङ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख केदारराज आचार्यले र कार्यक्रमको धन्यवाद मन्तव्य नगर शिक्षा समिति सदस्य द्रर्बेन्द्र देव खनालले र कार्यक्रमको सञ्चालन गल्याङ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक हिमाल भण्डारी र साधना न्यौपानेले गर्नु भएको थियो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP