प्रजातन्त्र दिवस : लायन्स क्लवद्धारा छाङछाङदी मन्दिर परिसरमा सरसफाई
स्याङ्जा :
प्रजातन्त्र दिवसको अवसर पारेर भीरकोट नगरपालिका ४ स्थित छाङछाङदी मन्दिर वरपर सफाई गरिएको छ ।
लायन्स क्लब अफ भीरकोटले मन्दिर सरसफाई गरेको हो । क्लबले विभिन्न सामाजिक कार्य मार्फत नागरिकसंग प्रत्यक्ष जोडिँदै आएको भन्दै क्लबले मन्दिर सरसफाई गरेको हो ।
सिद्धार्थ राजमार्गस्थित प्रवेशद्धारदेखि मन्दिर सम्मनै सरसफाई गरिएको क्लबका अध्यक्ष यामप्रसाद अधिकारी (लक्ष्मण) ले जानकारी दिनुभयो । मन्दिर परिसरमा रहेका प्लाष्टिकका फोहोर तथा पात पतिङगर गरी कुहिने र नकुहिने फोहोर संकलन गरि व्यवस्थापन गरिएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ, क्लबका पदाधिकारी तथा सदस्यहरु र स्थानीयको सहभागितामा सरसफाई गरिएको हो । सरसफाई पछि आयोजित प्रजातन्त्र दिवसको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष पिताम्बर श्रेष्ठले क्लबले स्थापनाकालदेखि नै समाजमा सकरात्मक तथा रचनात्मक कार्य गर्दै आएको भन्दै प्रजातन्त्रको स्थापनापछि देश तथा नागरिकमा परिर्वतन आएको बताउनुभयो ।
कार्यक्रममा लायन्स क्लबका अध्यक्ष यामप्रसाद अधिकारीले प्रजातन्त्र प्राप्तीका लागी गरिएका आन्दोलन, बलिदानी र त्यागको विषयमा चर्चा गर्दै देशमा प्रजातन्त्र, लोकतन्त्र समेत प्राप्त भईसकेपनि नागरिकको अवस्था भने सोँचेअनुसारको परिर्वतन हुँन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सदस्य डोलबहादुर केसी सचिव मेखबहादुर केसी ले लगायतले प्रजातन्त्र दिवसको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


