चापाकोटमा स्वर्गीय सन्तोष थापा स्मृतिकप भलिवल प्रतियोगिता हुने ।

वालिङ,फागुन ३ गते ।
स्याङ्जाको चापाकोटमा स्वर्गीय सन्तोष थापा स्मृतिकप भलिवल प्रतियोगिता २०८० हुनेभएको छ । दोस्रो चापाकोट महोत्सवका अवसरमा स्वर्गीय सन्तोष थापा स्मृतिकप भलिबल प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामा राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने खेल संयोजक राजन दर्लामीले जानकारी दिनुभयो ।
फागुन ८ गते सुरु हुने भलिबल प्रतियोगिता १३ गते सम्पन्न गरिने गण्डकी प्रदेश खेलाडीसमेत रहनुभएका संयोजक दर्लामीले जानकारी दिनुभयो ।
प््रतियागितामा गण्डकी र लुम्विनी प्रदेशका गरी १२ टीमको सहभागिता रहनेछ भने ८ गतेको उद्घाटन खेल पाल्पा र पर्वतकाबीच हुने छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टीमले क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । यसैगरी बिभिन्न ६ वटा विधाका उत्कृष्ट खेलाडीलाई जनही ३ हजार नगदसहित ट्रफीले पुरस्कृत गरिने आईतबार आयोजित पत्रकार सम्मेलनमा यस्ते जानकारी गराईएको हो ।
चापाकोट नगरपालिका वडा नम्वर २ धुर्कोटका स्वर्गीय थापाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो । स्वर्गीय थापाको मृत्यु भएको ४५ दिन पुगेको अवसर पारेर खुला भलिबल प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । स्वर्गीय थापा गण्डकी प्रदेशकै होनहार भलिबल खेलाडी हुनु हुन्थ्यो । स्
प्रतियोगी टीमलाई खाने र बस्ने सुविधा रहेको आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि १७ लाख खर्च हुने आयोजकको अनुमान छ । यसका लागि चापाकोट उद्योग वाणिज्य संघले ४ लाख छ्ट्याएको छ भने चापाकोट नगरपालिकाले ५० हजार सहयोग गरेको आयोजकले जनाएको छ । नपुग खर्चको लागि स्थानीय संघ संस्था एवम् व्यक्तिगत सहयोगबाट पूरा गरिने चापाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष मिलन राना पुरनले बताउनुभयो ।

Facebook Comments Box
TOP