महोत्सवमा दर्शकहरुको आकर्षण बन्यो भलिबल खेल ।
राधाकृष्ण डुम्रे/वालिङ :
स्याङ्जाको चापाकोटमा जारी दोस्रो चापाकोट महोत्सव एवम् व्यापारमेला २०८० मा दर्शकहरुको घुईंचो लाग्ने गरेकोे छ । महोत्सवमा आयोजना गरिएको भलिबल प्रतियोगिता दर्शकको मूख्य आकर्षण बनेको हो । दर्शकहरु गितसंगित र स्टल भन्दा भालिबलका खेलमा झुम्मिरहेको देखिन्छन् ।
“हाम्रो शान, हाम्रो मान, सुन्दर नगर हाम्रो पहिचान” भन्ने मूल नारासहित चापाकोट उद्योग वाणिज्य संघले महोत्सव गरेको हो ।
गण्डकी प्रदेशका भलिवल खेलाडी सन्तोष थापाको स्मृतिमा महोत्सव स्थलमा पुरुष भलिबल प्रतियोगिता गरिएको हो ।
गण्डकी र लुम्विनी प्रदेशका गरी १२ टीम बिच प्रतिस्पर्धा भईरहेको खेल संयोजक राजन दर्लामीले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टीमले क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । यसैगरी बिभिन्न ६ वटा विधाका उत्कृष्ट खेलाडीलाई जनही ३ हजार नगदसहित ट्रफीले पुरस्कृत गरिने छ ।
चापाकोट नगरपालिका–२ धुर्कोटका २७ बर्षीय खेलाडी थापाको सडक दुर्घटनामा परी मृत्यु भएको थियो । गएको कात्तिक २८ चापाकोट–८ दद्रानमा भएको मोटरसाईकल दुर्घटनामा थापाको मृत्यु भएको हो ।
फागुन ३ गतेदेखि सञ्चालन गरेको महोत्सव फागुन १३ गते सकिदैछ । २०७५ सालमा पहिलो महोत्सव सञ्चालन गरेको संघले अहिले दोस्रो संस्करणको महोत्सव आयोजना गरेको हो । महोत्सवमा दैनिकरुपमा दर्शकहरुको उत्साहजनक उपस्थिति रहदै आएको चापाकोट उद्योग बाण्ज्यि संघका अध्यक्ष निर्मलराना मगरले जानकारी दिनुभयो ।
महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तुहरुको प्रदर्शनी,कृषि तथा हस्तकला, सूचना प्रविधी, पुस्तक प्रदर्शनी, बाल उद्यान तथा औद्योगिक र व्यापारिक गरी २ सय ५० स्टलहरु राखिएका छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


