चापाकोट महोत्सव अपाङ्गतामैत्री हुने
सुनिल न्यौपाने/चापाकोट :
दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८० मा अपाङ्गता भएका व्यक्तिलाई प्रवेश निःशुल्क हुने भएको छ। “हाम्रो शान हाम्रो मान,सुन्दर नगर हाम्रो पहिचान”भन्ने मूल नाराका साथ फागुन ३ देखि १३ गतेसम्म चापाकोट नगरपालिका ९ गंगालाल माविको खेलमैदानमा हुन गइरहेको महोत्सवमा अपाङ्गता भएका व्यक्तिले प्रवेश निःशुल्क पाउने भएका हुन।
महोत्सवलाई अपाङ्गता मैत्री बनाउने बिषयमा चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष निर्मल राना मगर लगायत कार्यसमिति टिमसँग छलफल गरेर यो निर्णयमा पुगिएको चापाकोट अपाङ्ग संघकी अध्यक्ष सुनिता थापाले बताउनुभयो।
अपाङ्गता भएका व्यक्ति पनि राज्यका नागरिक हुनुका साथै उनीहरुले पनि अरु नागरिक बराबर सहभागिता जनाउन पाउनुपर्ने आवाज बेलाबेला उठेपनी ब्यबहारिक रुपमा भने लागु भएको छैन। समाजमा रहेका सबै वर्गका नागरिकहरुलाई बुझेर समाजमा हुने कार्यक्रम,गोष्ठी,मेला,महोत्सव लगायत सार्वजनिक कार्यालयका भवनहरु अपाङ्ग मैत्रीपूर्ण हुनुपर्ने अध्यक्ष थापाको भनाई रहेको छ।
अपाङ्गता भएका ब्यक्तिहरु महोत्सवमा जान सक्ने र सजिलोसँग बस्ने खालको ब्यबस्थापन गर्न समेत थापाले आयोजकलाई अनुरोध गर्नुभएको छ। अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो अपाङ्गता परिचय पत्र साथमा लिएर महोत्सव हेर्न आउन अध्यक्ष थापाले आग्रह गर्नुभएको छ ।अपाङ्गता परिचय पत्रको आधारमा महोत्सव प्रवेश निःशुल्क गरिएको हो।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


