दोस्रो चापाकोट महोत्सवको तयारी तिव्र, विभिन्न उपसमिति मार्फत काम गरिदै ।

वालिङ,माघ २९ गते ।
स्याङ्जाको चापाकोटमा हुन लागेको दोस्रो चापाकोट महोत्सवको तयारी तिब्र पारिएको छ ।
चापाकोट उद्योग वाणिज्य संघको आयोजना र चापाकोट नगरपालिकाको सहयोगमा हुन गइरहेको “दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८० ” को तयारी अन्तिम चरणमा पुगेको हो ।
फागुन ३ देखि १३ गतेसम्म चापाकोट नगरपालिका ९ गंगालाल माविको खेलमैदानमा हुने मूल आयोजक समितिका संयोजक एवं चापाकोट उद्योग वाणिज्य संघको अध्यक्ष निर्मल राना मगरले जानकारी दिनुभयो । महोत्सव भव्य र सफल बनाउनका लागि ३९ वटा उपसमिति गठन गरिएको अध्यक्ष रानाको भनाई छ । उपसमिति मार्फत कामको बाँडफाँड र जिम्मेवारी तय गरिएकोले काम गर्न सहज भएको अध्यक्ष रानाले बताउनु भयो ।
महोत्सवको प्रचारप्रसार पनि तिब्र पारिएको प्रचारप्रसार उपसमितिका संयोजक गोपिकृष्ण रेग्मीले बताउनु भयो । उहाँका अनुसार बजार सजाउने काम पनि सुरु भईसकेको छ ।
मेलामा कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीय स्थलहरुको फोटो प्रर्दशनी, रतौली गित प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता, जिल्लास्तरीय भलिवल प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको लगाएतका कार्यक्रम हुने चापाकोट उद्योग बाणिज्य संघले जनाएको छ ।
महोत्सवमा गाउँ– गाउँमा उत्पादित मौलिक एवं कृषिजन्य वस्तुहरुको प्रदर्शनी र बिक्रीलाई उच्च प्राथमिकतामा राखिएको छ । महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २५० स्टलहरु राखिने संघले जनाएको छ ।

Facebook Comments Box
TOP