दोस्रो चापाकोट महोत्सवको भोलि (बिहिबार) बाट,तयारी पुरा ।
वालिङ,माघ २९ गते ।
स्याङ्जाको चापाकोट नगरपालिकामा विहिबार (भोलि)बाट सुरूहुने दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेलाको तयारी पूरा भएको छ । महोत्सव स्थलमा आवश्यक काम सकिएको छ भने,स्टलमा व्यापारीहरु पुगिसकेकाछन् । विभिन्न उपसमितिहरुले पनि आआफ्नो जिम्मेवारी अनुसारका काम पुरा गरेका आयोजकले जानकारी दिएको छ ।
महोत्सवको समुदघाटन संघीय सरकारका कानुन न्याय तथा संसदिय मामिला मन्त्री धनराज गुरुङले विहान ११ बजे गर्ने कार्यक्रम रहेको उद्योग बाणिज्य संघका अध्यक्ष निर्मल राना मगरले जानकारी दिनुभयो ।
“हाम्रो शान हाम्रो मान, सुन्दर नगर हाम्रो पहिचान” भन्ने मुल नाराका साथ फागुन ३ देखि १३ गतेसम्म चापाकोट ९ स्थित गंगालाल माविको खेलमैदानमा हुने भएको संघका अध्यक्ष रानाले बताउनु भयो ।
मेलामा कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीय स्थलहरुको फोटो प्रर्दशनी, रत्यौली , भजन , नृत्य र ल्लास्तरीय भलिवल प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने भएको महोत्सव आयोजक समितिका सुचना तथा सञ्चार संयोजक गोपीकृष्ण रेग्मीले जानकारी दिनुभयो ।
गाउँमा उत्पादित मौलिक एवं कृषिजन्य वस्तुहरुको प्रदर्शनी र बिक्रीलाई उच्च प्राथमिकतामा राखिएको महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २५० स्टलहरु राखिने आयोजकले बताएको छ ।

समाचार
थप सामाग्री-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…


