दोस्रो चापाकोट महोत्सवको भोलि (बिहिबार) बाट,तयारी पुरा ।
वालिङ,माघ २९ गते ।
स्याङ्जाको चापाकोट नगरपालिकामा विहिबार (भोलि)बाट सुरूहुने दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेलाको तयारी पूरा भएको छ । महोत्सव स्थलमा आवश्यक काम सकिएको छ भने,स्टलमा व्यापारीहरु पुगिसकेकाछन् । विभिन्न उपसमितिहरुले पनि आआफ्नो जिम्मेवारी अनुसारका काम पुरा गरेका आयोजकले जानकारी दिएको छ ।
महोत्सवको समुदघाटन संघीय सरकारका कानुन न्याय तथा संसदिय मामिला मन्त्री धनराज गुरुङले विहान ११ बजे गर्ने कार्यक्रम रहेको उद्योग बाणिज्य संघका अध्यक्ष निर्मल राना मगरले जानकारी दिनुभयो ।
“हाम्रो शान हाम्रो मान, सुन्दर नगर हाम्रो पहिचान” भन्ने मुल नाराका साथ फागुन ३ देखि १३ गतेसम्म चापाकोट ९ स्थित गंगालाल माविको खेलमैदानमा हुने भएको संघका अध्यक्ष रानाले बताउनु भयो ।
मेलामा कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीय स्थलहरुको फोटो प्रर्दशनी, रत्यौली , भजन , नृत्य र ल्लास्तरीय भलिवल प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने भएको महोत्सव आयोजक समितिका सुचना तथा सञ्चार संयोजक गोपीकृष्ण रेग्मीले जानकारी दिनुभयो ।
गाउँमा उत्पादित मौलिक एवं कृषिजन्य वस्तुहरुको प्रदर्शनी र बिक्रीलाई उच्च प्राथमिकतामा राखिएको महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २५० स्टलहरु राखिने आयोजकले बताएको छ ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


