सुनचाँदी व्यवसायीमाथि गोली प्रहार ।
नवलपरासी:
पश्चिम नवलपरासीमा लुटेराहरुको समूहले सुनचाँदी व्यवसायीमाथि गोली प्रहार गरेका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रमेश बोहराका अनुसार बर्दघाट-१६ निवासी ६५ वर्षीय सुनचाँदी व्यवसायी गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ ।
सुनचाँदी लुट्ने उद्देश्यले गोली प्रहार भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । गोली प्रहारबाट घाइते विश्वकर्माको तत्काल बर्दघाटको चिसापानी अस्पतालमा उपचारका लागि लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि बुटवल स्थित तिनाउ अस्पतालमा पठाइएको छ । घाइतेको अवस्था गम्भीर रहेको छ ।
सुस्ता गाउँपालिका–१ बरुवामा सुनचाँदी पसल गर्ने विश्वकर्मामाथि घर फर्कने क्रममा बर्दघाट नगरपालिका–१६ केराबारीनजिकै शनिबार राति गोली हानिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रेशम बोहराले बताए । उनको पाखुरामा गोली लागेको छ ।
लुट्ने उद्देश्यले गोली प्रहार गरेको प्रहरीले जनाए पनि सुनचाँदी व्यवसायी विश्वकर्माले गरगहनासँगै नल्याएका कारण लुटेराहरुले उनलाई लुट्न नपाएको प्रहरीले जनाएको छ ।
गोली प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको डीएसपी बोहराले बताए । विश्वकर्माले प्रयोग गर्ने स्कुटरसमेत आक्रमणकारी समूहले लिएर भागेका थिए । उक्त स्कुटर घटनास्थलदेखि ४ किलोमिटर पर फेला परेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


