विरुवा गाउँपालिकाद्वारा प्रतीक चिन्ह (लोगो) सार्वजनिक

स्याङ्जा :

स्याङ्जाको विरुवा गाउँपालिकाले गाउँपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । विरुवा गाँउपालिकाको १४ औं गाउँसभाको अवसरमा उक्त लोगो सार्वजनिक गरिएको हो।

गाउँपालिकाको ऐतिहासिक धार्मिक, पुरातात्विक महत्वका क्षेत्रहरू समेटेर विरुवा गाउँपालिका वडा नम्बर ५ का जीवन वाग्लेले लोगो तयार पारेका हुन्। लोगो तयार गर्नेलाई विरुवा गाउँपालिकाले नगद पुरस्कार सहित सम्मान गर्ने भनी सूचना निकालेअनुसार वाग्लेले तयार गरेको लोगो छनौटमा परेको हो।

उनले तयार पारेको प्रतीक चिन्ह लोगोको माथिल्लो भागमा गाउँपालिकाको नाम र तल्लो भागको रिवनमा गाउँपालिकाको ठेगानासँगै धान र गहुँको बाला रहेको छ।

गाउँपालिकामा उपलब्ध सबै स्रोत, कृषि , पर्यटन लगायतका स्थानीय सामग्रीहरू प्रष्ट समेटिने गरी तयार पारिएको लोगो प्रतिनिधिमूलक ढंगबाट गाउँ सभाबाट पारीत भएपछि औपचारीक रुपमा उक्त प्रतीक चिन्ह कार्यन्वयनमा आएको छ।

यसअघि नै स्याङ्जाका विभिन्न पालिकाहरुले आफ्नो लोगो सार्वजनिक गरी कार्यान्वयनमा ल्याइसकेका छन्।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP