बिरुवा गाउँपालिकाद्वारा दुई कृषकलाई एक/एक लाखकाे पुरस्कार
राधाकृष्ण डुम्रे,
वालिङ, माघ १९ गते । स्याङ्जाको बिरुवा गाउँपालिकाले दुई कृषकलाई सम्मान गरेको छ । १४ औं गाउँसभाका अवसरमा स्थानीय उत्पादन बढाउन मिहिनेत गरिरहेका दुई जना कृषकलाई नगदसहित सम्मान गरिएको हो ।
पालिकाले वडा नं. ५ लगनशील कृषि फर्मका शोभाकान्त पौडेल र वडा नं. ६ का आइरा झाँक्री कृषि मल्टी फर्म सञ्चालक सङ्गीता मरासिनीलाई नगद एक/एक लाख सहित सम्मान गरेको हो । उनीहरुलाई उत्कृष्ट कृषकको रुपमा पुरस्कृत गरेको गाउँमापलिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकरी दिनुभयो ।
दिगो रुपमा कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्न पालिकाले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर विभिन्न काम गर्दै आइरहेको भन्दै अध्यक्ष कुँवरले कृषिमार्फत स्वरोजगार बनाउन सकिने बताउनुभयो ।
विदेशबाट फर्किएका र स्वदेशमा नै केही गर्न चाहानेहरुलाई अनुदान र विभिन्न सहयोेग गर्दै आइरहेको उहाँको भनाइ छ । कृषकलाई आधुनिक प्रविधियुक्त गराउँदै पालिकालाई कृषिमा आत्मनिर्भर बनाउँदै लैजाने अध्यक्ष कुँवरले बताउनुभयो ।
यसैगरी पालिकाको लोगो बनाउने वडा नं. ५ का जीवन वाग्लेलाई पनि सम्मानित गरिएको हो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


