बिरुवा गाउँपालिकाद्वारा दुई कृषकलाई एक/एक लाखकाे पुरस्कार

राधाकृष्ण डुम्रे,
वालिङ, माघ १९ गते । स्याङ्जाको बिरुवा गाउँपालिकाले दुई कृषकलाई सम्मान गरेको छ । १४ औं गाउँसभाका अवसरमा स्थानीय उत्पादन बढाउन मिहिनेत गरिरहेका दुई जना कृषकलाई नगदसहित सम्मान गरिएको हो ।
पालिकाले वडा नं. ५ लगनशील कृषि फर्मका शोभाकान्त पौडेल र वडा नं. ६ का आइरा झाँक्री कृषि मल्टी फर्म सञ्चालक सङ्गीता मरासिनीलाई नगद एक/एक लाख सहित सम्मान गरेको हो । उनीहरुलाई उत्कृष्ट कृषकको रुपमा पुरस्कृत गरेको गाउँमापलिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकरी दिनुभयो ।
दिगो रुपमा कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्न पालिकाले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर विभिन्न काम गर्दै आइरहेको भन्दै अध्यक्ष कुँवरले कृषिमार्फत स्वरोजगार बनाउन सकिने बताउनुभयो ।
विदेशबाट फर्किएका र स्वदेशमा नै केही गर्न चाहानेहरुलाई अनुदान र विभिन्न सहयोेग गर्दै आइरहेको उहाँको भनाइ छ । कृषकलाई आधुनिक प्रविधियुक्त गराउँदै पालिकालाई कृषिमा आत्मनिर्भर बनाउँदै लैजाने अध्यक्ष कुँवरले बताउनुभयो ।
यसैगरी पालिकाको लोगो बनाउने वडा नं. ५ का जीवन वाग्लेलाई पनि सम्मानित गरिएको हो ।
समाचार
थप सामाग्री
प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल चयन हुनु भएकाे छ। बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा…