भीरकोटका दुई वडाका घरघरमा पुग्याे खानेपानी
स्याङ्जा :
लामो समयसम्म खानेपानीको समस्याबाट पीडित भीरकोट नगरपालिका –१ र २ का स्थानीयको अहिले घर–घरमा खानेपानी पुगेको छ ।
जिल्लाको सबैभन्दा ठुलो खानेपानी योजना सङ्घीय खानेपानी कार्यालय पोखराको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा योजना सम्पन्न भएसँगै यहाँका नागरिक लाभान्वित भएका हुन् ।
बयघारी सहलगानी खानेपानी तथा सरसफाइ आयोजनामार्फत सगरमाथा डिलिङ एण्ड कन्स्ट्रक्सन प्रालि मण्डिकाटार काठमाडौँले बनाएको हो । २०७६ असार २९ गते निर्माण कम्पनीले सम्झौता गरेर काम सुरुवात गरेको थियो । दुई वर्षमा काम सक्नुपर्नेमा कोभिडका कारण डेढवर्ष ढिलाइ गरेर काम सकिएको छ ।
बयरघारी बजारबाट पाँचसय मिटर उचाइमा रहेको करुङमा चार लाख लिटरको रिजर्भ ट्याङकी निर्माण गरी सबै उपभोक्ता खानेपानीको व्यवस्था गरिएको छ । खानेपानी उपभोक्ता समितिका अध्यक्ष जनक अधिकारीले खानेपानी कार्यालयले एक हजार ७७ घरधुरी र नौ हजार ७९५ जनालाई पुग्नेगरी योजना निर्माण गरेको बताउनुभयो ।
उहाँले अहिले यहाँ एक ट्याङ्कीबाट ८४४ घरधुरीका आठ हजार १८ जनालाई खानेपानी उपलब्ध भएको बताउनुभयो । खानेपानी योजना सात करोड २१ लख ८४ हजार ८४ रुपियाँमा खानेपानी निर्माण गरिएको हो । खानेपानी योजना सम्पन्न भए पनि अहिलेसम्म उपभोक्तालाई हस्तान्तरण गर्न भने बाँकी छ ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


