भीरकोटका दुई वडाका घरघरमा पुग्याे खानेपानी
स्याङ्जा :
लामो समयसम्म खानेपानीको समस्याबाट पीडित भीरकोट नगरपालिका –१ र २ का स्थानीयको अहिले घर–घरमा खानेपानी पुगेको छ ।
जिल्लाको सबैभन्दा ठुलो खानेपानी योजना सङ्घीय खानेपानी कार्यालय पोखराको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा योजना सम्पन्न भएसँगै यहाँका नागरिक लाभान्वित भएका हुन् ।
बयघारी सहलगानी खानेपानी तथा सरसफाइ आयोजनामार्फत सगरमाथा डिलिङ एण्ड कन्स्ट्रक्सन प्रालि मण्डिकाटार काठमाडौँले बनाएको हो । २०७६ असार २९ गते निर्माण कम्पनीले सम्झौता गरेर काम सुरुवात गरेको थियो । दुई वर्षमा काम सक्नुपर्नेमा कोभिडका कारण डेढवर्ष ढिलाइ गरेर काम सकिएको छ ।
बयरघारी बजारबाट पाँचसय मिटर उचाइमा रहेको करुङमा चार लाख लिटरको रिजर्भ ट्याङकी निर्माण गरी सबै उपभोक्ता खानेपानीको व्यवस्था गरिएको छ । खानेपानी उपभोक्ता समितिका अध्यक्ष जनक अधिकारीले खानेपानी कार्यालयले एक हजार ७७ घरधुरी र नौ हजार ७९५ जनालाई पुग्नेगरी योजना निर्माण गरेको बताउनुभयो ।
उहाँले अहिले यहाँ एक ट्याङ्कीबाट ८४४ घरधुरीका आठ हजार १८ जनालाई खानेपानी उपलब्ध भएको बताउनुभयो । खानेपानी योजना सात करोड २१ लख ८४ हजार ८४ रुपियाँमा खानेपानी निर्माण गरिएको हो । खानेपानी योजना सम्पन्न भए पनि अहिलेसम्म उपभोक्तालाई हस्तान्तरण गर्न भने बाँकी छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


